१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली प्रहरी नियन्त्रणमा



अ+ अ-

अमरगढी । डडेल्धुरामा नक्कली प्रहरी नायब निरीक्षक बनी धम्क्याउने एक जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आज नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत तथा मुद्दा फाँटको प्रमुख करवीर ऐर हुँ भनी अमरगढी नगरपालिका–६ छचोडाँका स्थानीय महेश ताम्राकारले ९८६५६७३४७० को नम्बरबाट सोही ठाउँका स्थानीय खड्ग ताम्राकारलाई ९८४२२०२११२ नम्बरमा फोनबाट गालीगलौज गरेका थिए ।

फोनबाट उनले आफू प्रहरी नायब निरीक्षक करवीर ऐर हुँ भन्दै हिजो बिहीबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित नभए प्रहरी लगाएर पक्राउ गर्ने भनी बुधबार राति १ बजे गाली गरेपछि बिहीबार ताम्राकार डडेल्धुरा जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

मुद्दा फाँटमा कार्यरत प्रहरी नायब निरीक्षक ऐरकहाँ पुगेपछि आफूले फोन नगरेको भन्दै मोबाइल नम्बर पत्ता लगाउँदा अमरगढी–६ का महेश ताम्राकार रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

गाउँका सोझासाझा जनतालाई नक्कली प्रहरी बनी दुःख दिन खोजेको भन्दै उनलाई आज जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उपस्थित गराइएको प्रहरी निरीक्षक लक्ष्मण खड्काले बताए । ‘‘यस विषयमा अनुसन्धान भइरहेको र निजलाई कानूनअनुसार कारवाही हुनेछ’’, प्रनि खड्काले भने ।