२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलेक्ज्याण्डर द ग्रेट अर्थात सिकन्दर महान



अ+ अ-

चन्द्रमणी गाैतम

अलेक्ज्याण्डर द ग्रेट (ई.पू. ३५६–३२३) लाई भारतीयहरू ‘सिकन्दर महान’ भन्नेगर्छन् । मेसेडोनियन भाषामा अलेक्ज्यान्डर र फारसी भाषामा उनलाई ‘एस्कन्दर–ए–मग्दुनी’ भनिएको अपभ्रंश भारतीयहरूको सिकन्दर हुनपुग्यो । यिनी प्राचीन मेसेडोनियाका राजाका साथै अजेय योद्धा तथा इतिहासमै चर्चित सैनिक कमाण्डर थिए, जसले दिग्विजय गर्दै ग्रीस, पर्सिया, इजिप्ट र अन्य प्रदेशहरू मिलाएर विशाल साम्राज्य खडा गरे । उनको दिग्विजयलाई रोक्नसक्ने भारतीय राजामा पुरु नै थिए । पुरु भनेका, पुत्रको आयु र वैंश मागेर शारीरिक बिलासिता र मोजमज्जामा डुबेका भनी वर्णित पौराणिक राजा ययातिका छोरा हुन् । पुरुको युग भनेको महाभारतकालीन हो । 

अलेक्ज्यान्डर लड्दै र साम्राज्य विस्तार गर्दै आधुनिक भारतको पञ्जावसम्म आईपुगेका थिए, जसलाई मगधको विशाल सेनाले लखेटेर फिर्ता पठायो । ३२ वर्षको उमेरमा उनको मृत्यु बेबिलोनमा भयो । मृत्युको कारणमा रक्सीबाट कलेजोको बिमारी, ज्वरो वा विषाक्त खाना मानिएको छ । तर मेरिल्याण्ड युनिभर्सिटीको स्कूल अफ मेडिसिनको १९९८ को एउटा वैज्ञानिक रिपोर्टअनुसार उनको मृत्यु टाईफाइडले गर्दा भएको दावी गरिएको छ । प्राचीन बेबिलोनमा मलेरिया पनि व्यापक मात्रामा रहेकोले उनको मृत्यु औलो (मलेरिया) बाटै भएको पनि भनिन्छ । जेहोस उनको निधन संक्रामक महामारीबाटै भएको बुझिन्छ ।

‘सिकन्दर महान’ को यो भनाई रोबिन लेन फक्सको १९७३ मा प्रकाशित पुस्तक अलेक्ज्याण्डर द ग्रेटबाट लिइएको हो, “Sex and sleep alone make me conscious that I am mortal” । उनको मूर्तीको यो चित्र ई.पू. तेस्रो शताब्दीको, खास मूर्तीको रोमन कपी एवं सबभन्दा मिल्दो अनुहारको मानिन्छ ।

सिकन्दरले जितेकाे भूगाेल