१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्योतिषीय विज्ञान सम्बन्धी ‘ज्योतिष चिन्तामणि’ पुस्तक बजारमा



अ+ अ-


कुश्मा । ज्योतिष विद्या अध्ययन तथा जीवनमा ज्योतिष विज्ञान र यसको अनुशासन अवलम्बन गर्न चाहनेहरुका लागि ‘ज्योतिष चिन्तामणि’ नामको पुस्तक प्रकाशन भएको छ । उक्त पुस्तक हालै पर्वतको कुश्मा बजारमा सार्वजनिक गरिएको हो ।


बाग्लुङ जिल्लाको अमलाचौरमा जन्मिएका ज्योतिषी सूर्य पौडेलद्धारा लिखित सो पुस्तक ‘ज्योतिष चिन्तामणि’ उनले केही बर्ष यतादेखि पर्वतको कुश्मामा रहेर अपनाएको ज्योतिष पेशा र यसबाट प्राप्त ज्ञान एवम् अनुभवमा आधारित छ ।


ज्योतिष विद्याको अध्ययनमा संलग्न विद्यार्थी एवम् शोधार्थी, यसलाई पेशाका रुपमा अपनाउने ज्योतिषीका साथै यस विद्याको अध्ययन गर्न चाहने सबै सर्वधारणका लागि यो पुस्तक उपयोगी छ ।


ज्योतिषी पौडेलले आफूले बाल्यकालदेखि पढेको, पढाएको र मानवीय जीवनमा घटेका घटनाको अनुभवको आधारमा सो पुस्तक लेखेका छन् । सानै उमेरमा उनको यस विद्याको ज्ञानका कारण उक्त पुस्तक थप पठनीय देखिन्छ ।

ज्योतिष क्षेत्रमा रुचि राख्ने साधरण जनदेखि ज्योतिषशास्त्रका विद्यार्थी अनि ज्योतिष विज्ञहरुलाई समेत उपयोगमा आओस भन्ने हेतुले वर्षौँ लगाएर सो पुस्तक लेखिएको ज्योतिषी पौडेलको भनाई छ ।

व्यवहारोपयोगी यस पुस्तकमा परमाणुदेखि युगौसम्मको समय ज्ञान, पञ्चाङ्ग परिचय, मुहूर्तसम्बन्धी सम्पूर्ण जानकारी, व्यवहारिक शरीरमा हुने विविध दृष्यात्मक तथा अदृष्यात्मक तत्वहरु, बच्चाको जन्मसँग जोडिन आउने सम्पूर्ण कुराहरु, देशान्तर, अक्षांश तथा अन्तर्राष्ट्रिय तिथिरेखा ज्ञान, सरल भाषामा राशि नक्षत्र परिचय लगायतका विषयमा विशेष जानकारी छ ।

त्यसैगरी राशिअनुसार शुभ र अशुभपक्ष ज्ञान, चन्द्रमासहित सबै ग्रहको ग्रहस्पष्ट, लग्नकुण्डली, चन्द्रकुण्डली, होराकुण्डली, द्रेष्काणकुण्डली, नवांशकुण्डली, द्वादशांशकुण्डली, त्रिशांशकुण्डली, सप्तमांशकुण्डली, चतुर्थांशकुण्डली निर्माण विधिसहित सबै कुण्डलीबाट फलादेश गरिने विषयहरु, कुण्डलीको १२ भावमा नवै ग्रहको फलादेश एवं शान्ति उपाय, रत्नधारण नियम, विवाहसम्बन्धी, सन्तानसम्बन्धी, जागिर तथा व्यापारसम्बन्धी, रोग तथा दुर्घटनासम्बन्धी सम्पूर्ण योगहरु लगायत सुखद विवाहका लागि वैवाहिक मेलापक रीति सरलीकृत भाषमा यस पुस्तकमा यथेष्ट रुपमा व्याख्या गरिएको छ ।

कुश्मा बजारमा गुरुकुल ट्युसनको रुपमा ज्योतिषशास्त्र पढाउने र व्यवशायीक ज्योतिषसम्बन्धी परामर्श केन्द्र समेत सञ्चालन गरिरहनुभएका ज्योतिषी पौडेलले ज्योतिषशास्त्र सिक्दै गरेका बालबालिकादेखि समाजमा स्थापित भइसकेका व्यवसायिक ज्योतिषीहरुलाई शास्त्रीय सिद्धान्तमा रही कुण्डलीहरु निर्माण गर्न, कुण्डलीहरु फलादेश गर्न, विवाहमा केटाकेटीको कुण्डली मिलान गर्न र अरु विविध विषयको ज्ञान आर्जन गर्न आवश्यक ज्ञान दिने उद्देश्य लिएर यस पुस्तकको रचना गरिएको जानकारी दिएका छन् ।

ज्योतिषीय सेवा र क्षेत्रका लागि अति उपयोगी यो पुस्तक ३१६ पृष्ठको र यसको मूल्य रु ३२५ रहेको छ । यो पुस्तक कुश्मा र बाग्लुङ बजारका अतिरिक्त काठमाडौँको गुरु पुस्तक विक्रेता भोटाहिटी र रत्न पुस्तक भण्डार, नारायणगढ, चितवन, पोखराका विभिन्न पुस्तक पसलहरु, स्यांजाको पुतलीबजार लगायत नेपालका प्रमुख सहरहरुमा पाइन्छ ।