• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप, संसद अवरोध जारी राख्ने ★   कांग्रेस संसदीय दलको बैठकका कारण कार्यव्यवस्था बैठक प्रभावित ★   अर्थतन्त्र पुनरुत्थानका लागि लगानीमैत्री बजेट ★   रास्वपा संसदीय दलको बैठक जारी ★   बूढानीलकण्ठमा सुन लुटपाट गर्ने दुई पक्राउ ★   नरभक्षी बाघ मर्‍यो ★   इरानी राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो, कोही पनि जिवित नरहेको आशंका ★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने

तरुण दलमा भाँडभैलाे, अध्यक्ष र महासचिवबीच जुहारी



काठमाडौँ — नेपाली काँग्रेस यतिखेर जागरण अभियानमा देशव्यापी कार्यक्रममा छ । पार्टीका शीर्ष तहका नेताहरू भातृसंस्था समेतकाे सहभागितामा विभिन्न कार्यक्रम लिएर शहर बजार र गाउँ तहसम्म पुग्दैछ ।

तर नेकाकै प्रभावशाली मानिएकाे तरूणहरूकाे संस्था नेपाल तरूण दल भने राजधानीमा जुहारी खेल्नमै व्यस्त छ । आन्दोलनको मुद्दामा भ्रष्टाचारको विषय समेट्ने कि नसमेट्ने विषयमा अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रज‌ंग शाहीबीचको झगडाले चर्को रुप लिएको छ।

उनीहरुबीचको विवाद विवादमै मात्र सीमित नरही एकले अर्कालाई पदबाट हटाएर कारबाही गरेको विज्ञप्ति निकाल्ने स्थितिसम्म पुगेको छ ।

अध्यक्ष बस्नेतले अनुशासनहीन कार्य गरेको भन्दै महसचिव शाहीलाई पदबाट हटाइएको जनाएका छन्। तरुण दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहेको गरी शाहीलाई हटाइएको बस्नेतले जारी पत्रमा उल्लेख छ।

अध्यक्षको पत्रमाथि विमती राख्दै महसचिव शाहीले अर्काे विज्ञप्ति निकालेर अध्यक्ष बस्नेतलाई नै पदबाट हटाएको जनाएका छन्। शाहीले अध्यक्ष बस्नेतलाइ १ वर्षका लागि तरुण दलको साधरण सदस्यसमेत नरहने गरी कारबाही एवं निष्काशित गरिएको जनाएका छन्।

पछिल्लो समय यी दुई नेताहरुबीच भ्रष्टाचारका मुद्दालाई आन्दोलनको विषय बनाउने कि नबनाउने भन्नेमा विवाद चर्कंदै आएपछि यी विवाद सुरु भएको हो।