म्याड्रिडः इडेन हाजार्डको पहिलाे खेलमा रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा लिभान्तेलाई ३–२ गोलले पराजित गर्यो । अघिल्ला खेलमा चोटका कारण हाजार्ड टोली बाहिर थिए । उनी यसै सिजन इङ्लिस क्लब चेल्सीबाट रियलमा आवद्ध भएका हुन् ।
घरेलु मैदानमा शनिबार भएको खेलमा रियलले तीनवटै गोल पहिलो हाफमा गरेको थियाे । रियलको जितमा करिम बेन्जेमाले दुई गोल गरे । बेन्जेमाले २५ औं मिनेटमा खाता खोलेका थिए ।
बेन्जेमाले ६१औं मिनेटमा अर्को गोल थप्लै टोलीको अग्रता दोब्बर बनाए । कासेमिरोले ४०औं मिनेटमा तेस्रो गोल गरेका थिए । पहिलो हाफमा ३–० गोलले अगाडी बढेको रियलले दोस्रो हाफमा गोल गर्न सकेन ।
त्यसपछि ४९औं मिनेटमा लिभान्तेका बोर्जा मायोरलले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ७५ औं मिनेटमा गोन्जालो मेलेरोले दोस्रो गोल गरेपनि लिभान्तेले हार टार्न सकेन । जितसँगै रियलले चार खेलबाट आठ अंक बनाएको छ । लिभान्तेको समान खेलबाट ६ अंक छ ।
शनिबार नै भएको अर्को खेलमा एथलेटिक बिल्बाओ र मालोर्काले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै बिल्बाओले चार खेलबाट आठ अंक बनाएको छ । मालोर्काको चार अंक छ ।