१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवस मनाउन ‘उर्दी’: हातहातमा राष्ट्रिय झन्डा



अ+ अ-

काठमाडौं । यही असोज ३ गते बिहीबार संविधान दिवसको दिन तीनवटै तहका कर्मचारीहरू राष्ट्रिय झन्डा लिएर प्रभातफेरीमा अनिवार्य सहभागी हुनुपर्ने भएको छ। संविधान दिवसको दिन हातहातमा राष्ट्रिय झन्डा लिएर उपस्थिति हुनेको हाजिर गृह मन्त्रालयमा पठाउने व्यवस्थासहित सरकारले सोको पालना गर्न र गराउन गृहले विभिन्न मन्त्रालयलाई पत्राचार गरेको छ।

संविधान दिवसको दिन संघ, प्रदेशसहित स्थानीय तहका सबै कर्मचारी हातहातमा राष्ट्रिय झन्डा लिई प्रभातफेरी हुँदै मूल समारोह समितिको कार्यक्रममा अनिवार्य सहभागी हुनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ। संघीय, लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएपछि संविधान दिवस मनाउन सरकारले कडाइका साथ निर्देशन जारी गरेको यो नै पहिलोपटक हो।

गृहको पत्राचारअनुरूप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संविधान दिवस व्यापक बनाउन देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ । संविधान दिवस मनाउने सम्बन्धमा स्थानीय तहका लागि तोकिएको भूमिकासमेत उल्लेख गर्दै त्यसको पालना गर्न र गराउन ७ सय ५३ स्थानीय तहमा पत्रमार्फत निर्देशन दिइएको हो।

संविधान दिवस व्यापक र भव्यताका साथ मनाउन त्यस सम्बन्धमा स्थानीय तहका लागि विभाजित कार्यक्रमसमेत उल्लेख गरी पत्र पठाइएको मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिबाट स्थानीय तहका लागि स्वीकृत कार्यक्रम पालना गराउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

स्वीकृत कार्यक्रमअनुसार संविधान दिवसको अघिल्लो दिन असोज २ गते बिहीबार उपत्यकाभित्रका सबैका सरकारी कार्यालयसहित महानगरपालिका र नगरपालिकाले आआफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झन्डा र ब्यानर सजाउनुपर्नेछ। नगरको सरसफाइ र शृंगार गरेर राष्ट्रिय झन्डा राख्नुपर्ने मन्त्रालयको निर्देशन छ। यसैगरी संविधान दिवसको दिन संघ, प्रदेशसहित स्थानीय तहका सबै कर्मचारी हातहातमा राष्ट्रिय झन्डा लिई प्रभातफेरी हुँदै मूल समारोह समितिको कार्यक्रममा अनिवार्य सहभागी हुनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ।

उपत्यकाको हकमा राजधानीको टुँडिखेल र उपत्यका बाहिरको हकमा सम्बन्धित प्रदेश र स्थानीय तहले तोकेको स्थान भनिएको छ । यसैगरी काठमाडौं उपत्यका प्रदेशको सदरमुकाम रहेका बाहेक अन्य जिल्लामा जिल्ला समन्वय समितिको अध्यक्षतामा समारोह समिति गठन गर्नुपर्नेछ। सो समितिले सबै सरकारी कार्यालय, स्थानीय तहको सहभागी गराई खेलकुल, प्रवचन, गोष्ठी, साहित्यिक कार्यक्रम गर्नुपर्नेछ।

यसैगरी स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा फहराउन र संविधान र देशको प्रगतिसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।घरघरमा राष्ट्रिय झन्डा फहराउन एसएमएस पठाउने, राष्ट्रिय गीत र राष्ट्रभक्तिको कन्सर्ट गराउने परिपत्रमा उल्लेख छ। , समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।