१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सुरुङमार्गको सम्झौता हुँदै

सुरुङमार्गको सम्झौता हुँदै
अ अ+ अ-

काठमाडौँँ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि असोज १ गते ठेक्का सम्झौता हुनेभएको छ । सुरुङमार्ग निर्माणको सबभन्दा ठूलो अवरोधको रूपमा रहेको जग्गा अधिग्रहण र मुआब्जाको समस्या समाधान भएसँगै ठेक्का सम्झौता हुने तय भएको हो । थानकोट–नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले सुरुङमार्गसँग सम्बन्धित सबै छलफल टुङ्गिसकेको जानकारी दिँदै निर्माणका लागि जापानी कम्पनी हाज्मा–आन्दो (जेभी) सँग सम्झौता हुने बताए ।

बैङ्क ग्यारेन्टीसहितको प्रक्रिया सकेर जापानी कम्पनी आगामी साता नेपाल आउन लागेको छ ।
सम्झौतामा नेपालका तर्फबाट सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापा र निर्माण कम्पनीका प्रमुखले हस्ताक्षर गर्ने तय भएको जानकारी आयोजना प्रमुख खरेलले दिए। धादिङमा मुआब्जाको समस्या समाधान नहुँदा सुरुङमार्ग निर्माणका लागि ठेक्का सम्झौतामा ढिलाइ भएको थियो ।

सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख थापाले जग्गा मुआब्जा वितरणबारे सम्बन्धित जग्गाधनीसँग सहमति भएसँगै निर्माण ठेक्का सम्झौताको बाटो खुलेको बताए । “निर्माण सम्झौतापछि कम्पनीले आफ्ना क्याम्प राख्छन् र ‘फिनिसिङ’को काम गर्छन् । तिहारपछि निर्माण कम्पनी फिल्डमा गएर काम सुरु गर्नेछन्”, उनले भने, “तर सुरुङमार्ग निर्माणको मुख्य काम सुरु हुन अझै छ महिना लाग्ने छ ।”

विस्फोटक पदार्थ अभाव
विस्फोटक पदार्थ नहुँदा सुरुङमार्गको निर्माण कार्य सुरु गर्न केही समय ढिलो हुने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख थापाले स्पष्ट पारे । उनले भने, “टनेल निर्माणका लागि आवश्यक पर्ने जति विस्फोटक पदार्थ नेपाली सेनासँग नरहेकाले निर्माण कम्पनीले विस्फोटक पदार्थ आयात गर्ने प्रक्रियामा जानुपर्छ ।

यस कारण निर्माणमा केही ढिलो हुनेछ ।”
विस्फोटक पदार्थ भारतबाट आयात गर्नुपर्ने र त्यसको प्रक्रियामा जाँदा कम्तीमा छ महिना लाग्ने उनले बताए । वास्तविक टनेल निर्माणको काम सुरु गर्न अझै छ महिना लाग्ने भए पनि त्यसभन्दा अगाडि ‘पहुँच बाटो’ निर्माणलगायतका तयारका कामहरू सुरु गरिने उहाँले बताउनुभयो । वास्तविक टनेल निर्माणको काम चैतपछि मात्र सुरु हुने छ ।

मुआब्जा वितरण अन्तिम चरणमा

काठमाडौँ जिल्लामा मुआब्जा वितरण कार्य ८० प्रतिशत सम्पन्न भइसकेको महाशाखाका प्रमुख थापाले बताए । विभिन्न कारणले काठमाडौँ बाहिर रहनुभएका जग्गाधनी र मुद्दा मामिलाका कारण रोक्का गरिएको जग्गाधनीको मात्र मुआब्जा वितरण बाँकी रहेको उनले बताए ।
उनले भने, “काठमाडौँ बाहिर रहनुभएका जग्गाधनीको मुआब्जाको रकम जिल्ला प्रशासन कार्यालयमा जम्मा रहेको छ, उहाँहरू जहिले पनि आएर मुआब्जा लिन सक्नु हुनेछ ।”

काठमाडौँमा अहिलेसम्म चार अर्ब २० करोड रुपियाँ मुआब्जा वितरण भइसकेको छ । सो सुरुङमार्गअन्तर्गत काठमाडौँतर्फ परेको करिब तीन सय रोपनी जग्गामध्ये अधिकांश व्यक्तिको नाममा नै रहेको छ भने धादिङतर्फ परेको १०९ रोपनीमध्ये मात्र ४४ रोपनी जग्गा व्यक्ति तथा गुठीको नाममा रहेको सो सुरुङमार्ग आयोजनाले जनाएको छ ।
गुठीको नाममा करिब २३ रोपनी जग्गा रहेको छ । आयोजनाका अनुसार धादिङमा करिब एक अर्ब रुपियाँ मुआब्जा वितरण गर्नुपर्ने हुन्छ  ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।