२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीमाथि नर्विचको अभुतपूर्व जित, पुक्कीकाे जादु कायमै



अ+ अ-

लन्डनः इङग्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीमाथि नर्विचले अभुतपूर्व जित निकालेको छ ।

शनिबार राति भएको खेलमा घरेलु टिम नर्विचले सिटीलाई ३–२ गोल अन्तरले पराजित गरेकाे हाे । प्रिमियर लिगका हरेक खेलमा नर्विचका लागि गाेल गरेर सनसनी मच्चाइरहेका टेमु पुक्कीले फेरि गाेल गरेका थिए ।

नर्विचका लागि केनी म्याकलिन, टोड क्यान्टवेल र टेमु पुक्कीले गोल गरेका थिए । सिटीका लागि सर्जियो अगुइरो र रोड्रिगोले गोल गरे पनि नर्विचलाइ राेक्न सकेनन् ।