२५ श्रावण २०८३, सोमबार
,
Latest
विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशकको योग्यता र दायरा फराकिलो बनाउन सांसद डा. कार्कीको प्रश्ताव काँग्रेस सांसद यादवले भने– ढल्केवरमा थप आन्दोलन नचर्कियोस् हरि ढकाललाई एमाले सांसद घतानीको प्रश्न– सिंहदरबार जलाएर पुगेन र ? प्रधानमन्त्रीको सम्बोधन फेसबुकको भ्युज र मनिटाइजेसनमा केन्द्रित भएको एमालेको आरोप विधि विज्ञान प्रयोगशाला विधेयकः कार्यकारी निर्देशकको उमेर हद हटाउन सांसद बरालको माग प्रधानमन्त्री साहलाई काँग्रेस सांसद काउचाले भनिन्– ‘कालो चश्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’ यी २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीसँग अर्थमन्त्री वाग्लेकाे छलफल सुरू निजी क्षेत्रको सफलता नै राष्ट्रको आर्थिक समृद्धिको आधारः अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री शाहलाई भारतीय राजदूत श्रीवास्तवमार्फत मोदीको शुभकामना कैलालीका शिवालयमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्ला यातायात कार्यालयले उठायो एक वर्षमा पौने दुई करोड राजस्व



अ+ अ-

काठमाडाैँ । यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२÷८३ मा कुल एक करोड ९४ लाख ४४ हजार राजस्व जम्मा गरेको छ । आव २०८१÷८२ भन्दा गत आवमा करिब रु ५० लाख बढी राजस्व जम्मा भएको छ ।

चालक अनुमतिपत्र, सवारीसाधनको सङ्ख्यामा वृद्धि र सेवाप्रवाह छिटोछरितो भएकाले राजस्व बढेको यातायात व्यवस्था सेवा कार्यालयले जनाएको छ । पकेट तथा रुट परमिटबाट रु १८ लाख ८८ हजार सवारी दर्ता किताब दस्तुरबाट रु ६४ लाख ९२ हजार, अग्रिम आयकरमार्फत ६ लाख ६८ हजार, बेरुजु असुली एक हजार ५७५ र सवारीसाधन करबाट रु एक करोड ३९ लाख तीन हजार राजस्व जम्मा भएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले बताउनुभयो ।

सोही अवधिमा मोटरसाइकल, स्कुटर र मोपेड वर्ग (ए) अन्तर्गत १८८ वटा, कार, जिप, डेलिभरी भ्यान वर्ग (बी) अन्तर्गत ३८ र चालक अनुमतिपत्र प्रतिलिपि तथा नवीकरण ३९४ गरी जम्मा ६२० वटा लाइसेन्स वितरण गरिएको छ ।




भर्खरै