२४ श्रावण २०८३, आईतवार
,
Latest
विश्व आदिवासी दिवसमा सांस्कृतिक झाँकी- फोटो फिचर रास्वपा सांसद ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि श्रेष्ठको कटाक्ष : जसको मनमा हरि छैन उसको… तनहुँमा आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे धर्मको खेती र भ्रम सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा सञ्चालन सरकार बाटोबाट विचलित भए रास्वपाले हस्तक्षेप गर्छ : रवि लामिछाने ‘सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन सम्भव छैन, फेसलेस ट्राफिकमा जानुपर्छ’ सरकारको चार महिने कार्यसम्पादनमा स्पष्ट छनक देखिनुपर्थ्यो तर मुलुकलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मा हाम्रो हो-रवि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते



अ+ अ-

काठमाडाैँ । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । नाइजर समाचार एजेन्सी (एएनपी) का अनुसार दुर्घटना माडाउवा सहरबाट करिब ५५ किलोमिटर टाढा माराडी–माडाउवा सडकखण्डमा भएको हो ।

दुर्घटनामा परेका दुई बसमध्ये एउटामा सैनिक जवानहरू सवार रहेको बताइएको छ । घाइतेहरूको उपचार भइरहेको तथा दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको एएनपीले जनाएको छ । नाइजरमा सडक दुर्घटना बढिरहेका बेला पछिल्लो घटना भएको हो ।

तीव्र गति, मादकपदार्थ सेवन गरी सवारी चलाउनु तथा सवारीसाधन र सडकको खराब अवस्थालाई यहाँ हुने सडक दुर्घटनाका प्रमुख कारण मानिन्छ । नाइजर सडक सुरक्षा एजेन्सीको प्रतिवेदन उद्धृत गर्दै एएनपीले सन् २०२५ मा देशभर सात हजार एक सयभन्दा बढी सडक दुर्घटना भएको जनाएको छ । ती दुर्घटनामा एक हजार २०० भन्दा बढीको मृत्यु तथा चार हजार ४०० भन्दा बढी गम्भीर घाइते भएका थिए ।