२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँग युद्ध हुन सक्छ : इमरान खान



अ+ अ-

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले छिमेकी भारतसँग युद्ध हुन सक्ने बताएका छन्।

अलजजिरा टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री खानले दुई आणविक शक्ति राष्ट्रबीच युद्धको सम्भावना भए पनि पाकिस्तानले त्यसको सुरूआत नगर्ने बताए।

उनले परम्परागत हतियारको युद्धपछि आणविक युद्ध हुने र त्यस्तो युद्धमा पाकिस्तानले हार्ने अवस्था आए पनि आफूहरूले आत्मसमर्पण नगर्ने बरू अन्तिम श्वाससम्म लड्ने बताए।

भारतले जम्मु कस्मिरलाई विषेशधिकार दिने संविधानको धारा ३७० फिर्ता गरेपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ।

खानले डेढ महिनादेखि कस्मिरका ८० लाख मुस्लिमलाई भारतले गुमराहमा राखेको बताए।

भारतले यो मुद्दाबाट ध्यान मोड्न पाकिस्तानलाई आतंकवाद फैलाएको आरोप लगाउने गरेको खानको तर्क छ।

संविधानको धारा खारेज गर्नु भारतको आन्तरिक मामला भएपनि संयुक्त राष्ट्र संघले जनमत संग्रह गराउने भनेको कस्मिर विशेष अधिकार खोस्ने कुरा अन्तर्राष्ट्रिय मुद्दा भएको बताए।

गत अगस्ट ५ मा भारतले कस्मिरलाई विशेष अधिकार दिने संविधानको धारा खारेज गरेको थियो।

त्यसपछि जम्मु कस्मिरमा सञ्चार माध्यम र इन्टरनेट र भेला हुन लगाइएको प्रतिबन्ध अझै हटेको छैन।