२ भाद्र २०८३, मंगलवार
,
Latest
काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँग युद्ध हुन सक्छ : इमरान खान



अ+ अ-

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले छिमेकी भारतसँग युद्ध हुन सक्ने बताएका छन्।

अलजजिरा टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री खानले दुई आणविक शक्ति राष्ट्रबीच युद्धको सम्भावना भए पनि पाकिस्तानले त्यसको सुरूआत नगर्ने बताए।

उनले परम्परागत हतियारको युद्धपछि आणविक युद्ध हुने र त्यस्तो युद्धमा पाकिस्तानले हार्ने अवस्था आए पनि आफूहरूले आत्मसमर्पण नगर्ने बरू अन्तिम श्वाससम्म लड्ने बताए।

भारतले जम्मु कस्मिरलाई विषेशधिकार दिने संविधानको धारा ३७० फिर्ता गरेपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ।

खानले डेढ महिनादेखि कस्मिरका ८० लाख मुस्लिमलाई भारतले गुमराहमा राखेको बताए।

भारतले यो मुद्दाबाट ध्यान मोड्न पाकिस्तानलाई आतंकवाद फैलाएको आरोप लगाउने गरेको खानको तर्क छ।

संविधानको धारा खारेज गर्नु भारतको आन्तरिक मामला भएपनि संयुक्त राष्ट्र संघले जनमत संग्रह गराउने भनेको कस्मिर विशेष अधिकार खोस्ने कुरा अन्तर्राष्ट्रिय मुद्दा भएको बताए।

गत अगस्ट ५ मा भारतले कस्मिरलाई विशेष अधिकार दिने संविधानको धारा खारेज गरेको थियो।

त्यसपछि जम्मु कस्मिरमा सञ्चार माध्यम र इन्टरनेट र भेला हुन लगाइएको प्रतिबन्ध अझै हटेको छैन।




भर्खरै