१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

डोटीका केही क्षेत्र अझै अन्धकारमा

डोटीका केही क्षेत्र अझै अन्धकारमा
अ अ+ अ-

डोटी । डोटीका विभिन्न स्थानीय तहमा अहिले सम्म विद्युत सेवा विस्तार हुन सकेको छैन। विद्युत नभएका कारण यहाँका तीन स्थानीय तहका विभिन्न वडा वर्षौदेखि अन्धकार भएका छन् । जिल्लाका कुल नौवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहका विभिन्न वडामा हाल सम्म पनि विद्युत बिस्तार भएको छैन। विद्युत् बिस्तार मात्रै होइन पोल समेत गाडिएका छैनन् । विद्युत नहुँदा यहाँका विभिन्न वडामा कामकाजमा समस्या हुने गरेको बताइएको छ । जिल्लाको बोगटान फुड्सिल, बडीकेदार तथा जोरायल गाउँपालिकाका अधिकांश वडामा अहिलेसम्म पनि बिजुली बिस्तार हुन नसक्दा कामकाजमा समस्या हुने गरेको कर्मचारी बताउँछन् ।

जोरायल गाउँपालिका–५ गड्सेरामा स्थानीय जलविद्युत् भए पनि सबै गाउँमा विद्युत् नपुगेको तथा दिउँसो ११ बजेबाट साँझ ५ बजेसम्म विद्युत् लाइन कटौती गरिने भएका कारण कार्यालयको कामकाज तथा अन्य काम गर्नमा निकै समस्या उत्पन्न हुने गरेको वडाध्यक्ष ध्वजबहादुर देउवाले बताउनुभयो ।

 उहाँले भन्नुभयो, “स्थानीय गड्सेरीगाढ खोलाबाट विद्युत् त निकालेका छौँ, तर उक्त विद्युत् दिउँसो कार्यालय समयमा काटिने भएका कारण समस्या हुने गरेको छ,राति बत्ती आएपछि मात्रै कार्यालयको काम गर्नुपर्ने हुन्छ ।” विद्युत्ले पावर धान्न नसक्ने भएका कारण दिउँसोको समयमा विद्युत्लाईन कटौती गरी राति केही गाउँमा विद्युत् वितरण गरिँदै आएको गड्सेरीगाढ लघुजलविद्युत् आयोजनाका अध्यक्ष लीलाधर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्युत्को उत्पादन क्षमता कमी छ, सबै गाउँमा विद्युत् वितरण गर्न सकिएको छैन,त्यसैले दिउँसो बत्ती काट्ने गरेका हौँ राष्ट्रिय प्रशारण लाइन विस्तार भएको छैन् ।” त्यस्तै जिल्लाको बडिकेदार गाउँपालिकामा भने अहिलेसम्म विद्युत् विस्तार भएको छैन । विद्युत् नहुँदा स्थानीयवासी राति सल्लाको झुरो तथा केहीले सोलार बत्ती प्रयोग गर्न थालेको बडीकेदार–५ कोला गाउँका स्थानीय टेकबहादुर कलेलले बताउनुभयो ।

उता बोटगटान फुड्सिल गाउँपालिकाको टुडागाढमा स्थानीय टुडागाढ विद्युत् पावरहाउस भए पनि सबै वडामा विद्युत् विस्तार गर्न नसकिएको सो गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताउनुभयो । उहाँले भन्नुभयो, “टुडागाढ खोलाको विद्युत् सबै वडामा पु¥याउन सकिएको छैन, विद्युत् नहुँदा सारै समस्या हुने गरेको छ ।” त्यस्तै राष्ट्रिय विद्युत् प्रशारण लाइनको पहुँच नहुँदा बडीकेदार गाउँपालिकाले सोलारको भरमा गाउँपालिकाको काम गरिरहेको सो गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग राष्ट्रिय विद्युत् प्रशारण लाइन पनि छैन, स्थानीय विद्युत् पनि उत्पादन गरिए पनि वितरण भएको छैन, सोलारकै भरमा सबै काम चलाउनुपर्ने बाध्यता छ ।”जिल्लाका यी गाउँपालिकाका विभिन्न वडाहरुमा जडान गरिएका नेपाल टेलिकमका टावरसमेत सोलारकै भरमा चलिरहेका छन् । सोलार बत्तीकै भरमा टेलिकम टावर सञ्चालन हुँदा रातिको समयमा उक्त टावरले खासै काम नगर्ने गरेको स्थानीयवासीको गुनासो छ । त्यहाँका गाउँपालिकामा जडान गरिएका नेपाल टेलिकमका टावर घाम नलागेको अर्थात पानी र कुहिरो लागेको दिन पूर्ण रुपमा बन्द हुने गरेको जोरायल गाउँपालिका–६ निरौलीका स्थानीयवासी लालबहादुर बिकले बताउनुभयो । उहाँले भन्नुभयो,“बिद्युत नहुँदा हामी सञ्चार सम्पर्कबाट पनि बिच्छेद हुने गरेका छौँ, राति नेटवर्क आउदैन, केही समस्या भए फोन सम्पर्क गर्न पनि गाह्रो हुन्छ ।” रासस