२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से दोहोरो अङ्कले घट्यो



अ+ अ-

काठमाडौं । आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ । कारोवार भएलगत्तै ओरालो लागेको बजार बन्द हुने समयसम्म पनि सोही अवस्थामा रह्यो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.१८ बिन्दु अर्थात् १.४२ प्रतिशतले घटेर एक हजार १२३.८३ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत १.४६ अर्थात् ३.६६ बिन्दुले घटेर २४६.३५ बिन्दुमा ओर्लिएको छ ।

नेप्से दोहोरो अङ्कले घटे पनि आइतबारको तुलनामा कारोवार रकम भने बढेको छ । कूल १६९ कम्पनीको १२ लाख ४८ हजार ४०९ कित्ता शेयर रु ३४ करोड ३९ लाख १८ हजार २२१ मूल्यमा खरीद बिक्री भए । आइतबार कूल १६२ कम्पनीको शेयर रु २८ करोड ८० लाख ९९ हजार ९१२ बराबरको कारोवार भएको थियो ।

स्टकका अनुसार कारोवारका आधारमा आज छिमेक लघुवित्त विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक करोड ८० लाख १९ हजार ९४५ बराबरको कारोवार भयो ।

यस्तै नेपाल बैंक रु एक करोड ७९ लाख ८३ हजार ३१६, सिटिजन बैंक रु एक करोड ४९ लाख ४४ हजार १९५, एनआइसी एशिया रु एक करोड १९ लाख ९५ हजार ४५५, सिद्धार्थ बैंक रु एक करोड १९ लाख २७ हजार ७९५, नेपाल लाइफ इन्स्योरेन्स रु एक करोड १२ लाख ३७ हजार ३८७ र शिवम् सिमेन्टको शेयर रु ९७ लाख ७० हजार ५३८ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै घटेको बजारमा साल्ट टे«डिङका लगानीकर्ताले ३.९८ प्रतिशतले कमाए । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था २.९३, छ्याङदी हाइड्रोपावर २.५३, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था २.४६ र सिर्जना फाइनान्सका लगानीकर्ताले २.०४ प्रतिशतले कमाए ।

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ७.०९, सिनर्जी पावर ६.०६, आइएमई जनरल इन्स्योरेन्स ५.७३, एनएलजी इन्स्योरेन्स ५.६७, युनियन हाइड्रोपावर ५.५५ र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले ५.४० प्रतिशतले गुमाए ।