३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

सरकारद्वारा फलाम खानी कम्पनी खानीको कानुनी प्रक्रिया अगाडि बढ्यो

सरकारद्वारा फलाम खानी कम्पनी खानीको कानुनी प्रक्रिया अगाडि बढ्यो
अ+ अ-

काठमाडौँ । सरकारले फलाम खानी कम्पनी स्थापनाका लागि कानुनी प्रक्रिया अगाडि बढाएको छ । नवलपुरको होप्से गाउँपालिकामा फलाम कम्पनी स्थापना गर्नका लागि कानुनी प्रक्रिया अगाडि बढाएको हो । मन्त्रिपरिषद्को भदौ पहिलो साताको बैठकले नवलपुरको धौवादी फलाम खानी लिमिटेड स्थापना गर्ने निर्णय गरेको हो ।

कम्पनी दर्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिस्ट्रारको कार्यालयमा निवेदनसमेत दिइसकेको छ । मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले फलाम खानीबाट व्यावसायिक उत्पादन तथा कम्पनी दर्ताका लागि कानुनी प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए  । मन्त्रालयले कम्पनी ऐन, २०६३ अनुसार दर्ता प्रक्रिया अगाडि बढाएको हो ।

दर्ताका लागि कम्पनी रजिस्ट्रारको कार्यालयमा निवेदन दर्ता गराइसकिएको बताउँदै उनले निवेदनमा कम्पनीको नाम ‘धौवादी फलाम खानी कम्पनी’ रहने प्रस्ताव गरिएको जानकारी दिए ।
उनले भने, “कम्पनी दर्ताका लागि लाग्ने गैरकर राजस्व दाखिला गरिसकेपछि यो हप्ताभित्र नै दर्ता प्रक्रिया पूरा गरेर कम्पनी स्थापना गर्न चाहन्छौँ ।” कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्रस्तावित सो नाममा कुनै दाबी विरोध नआएपछि कम्पनी
दर्ता हुनेछ ।

सरकारी स्वामित्व ५५५
प्रस्तावित सो कम्पनीमा सरकारको स्वामित्व (सेयर) ५५ प्रतिशत र निजी क्षेत्रको स्वामित्व (सेयर) ४५ प्रतिशत रहने जानकारीसमेत सहसचिव पौडेलले दिए । कम्पनीको जारी पुँजी चार अर्ब र अधिकृत पुँजी १० अर्ब रुपियाँ रहने मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रस्तावित सो कम्पनीको सेयरलाई (क) र (ख) दुई श्रेणीमा विभाजन गरिएको छ । मन्त्रालयका अनुसार (क) श्रेणीको सेयरमा सङ्घीय सरकारको ५० प्रतिशत, प्रदेश सरकारको तीन प्रतिशत र स्थानीय सरकारको दुई प्रतिशत रहनेछ । त्यसैगरी कम्पनीको (ख) श्रेणीको सेयर निजी क्षेत्रले खरिद गर्नका लागि सरकारले सार्वजनिक सूचना जारी गर्ने जानकारीसमेत उनले दिए । प्रदेश र स्थानीय सरकारका लागि सेयर प्रतिशत तोकिए पनि अनिवार्य गरिएको छैन ।

सरकारी व्यवस्थापन
मुलुककै पहिलो आधुनिक फलाम कम्पनीका रूपमा स्थापना हुन लागेको यो कम्पनीको सम्पूर्ण व्यवस्थापन सरकारी स्तरबाट नै हुने मन्त्रालयले जनाएको छ । खानीजस्तो संवेदनशील क्षेत्रको नेतृत्व तथा व्यवस्थापन सरकारले नै गर्नेछ । समाचार गोरखापत्र दैनिकबाट