३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेपालमा ६० हजार एनजीओमध्ये १० हजार मात्रै सक्रिय, १३६ आइएनजीओ सञ्चालनमा

नेपालमा ६० हजार एनजीओमध्ये १० हजार मात्रै सक्रिय, १३६ आइएनजीओ सञ्चालनमा
अ+ अ-

काठमाडाैँ । नेपालमा दर्ता भएका गैरसरकारी संस्था (एनजीओ) मध्ये ठूलो संख्या निष्क्रिय रहेको तथ्य सार्वजनिक भएको छ। समाज कल्याण परिषद्का अनुसार परिषद्मा आबद्ध करिब ६० हजार एनजीओमध्ये हाल करिब १० हजार संस्था मात्रै सक्रिय रूपमा सञ्चालनमा छन्।

प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बुधबार बसेको बैठकमा समाज कल्याण परिषद्का सदस्यसचिव तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले यस्तो जानकारी दिनुभएको हो।

उहाँका अनुसार नेपालमा हालसम्म करिब २५० अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) ले काम गरेको अभिलेख रहे पनि अहिले १३६ वटा संस्था मात्रै सक्रिय परियोजनासहित सञ्चालनमा छन्।

बैठकमा सदस्यसचिव बुढाले विभिन्न अन्तर्राष्ट्रिय संस्थाको गतिविधि र कानुनी प्रक्रियाबारे जानकारी दिँदै इन्टरनेशनल कमिसन अफ जुरिस्ट (आईसीजे) सन् २००९ देखि नेपालमा कार्यरत रहेको बताउनुभयो। आईसीजेले सन् २०२२ फेब्रुअरी २५ मा पाँच वर्षका लागि सम्झौता नवीकरण गरेको र हाल संक्रमणकालीन न्याय, मानव अधिकार, सर्वोच्च अदालतका नजिर तथा पीडित समुदायको कानुनी अधिकारका क्षेत्रमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार आईसीजेले अपाङ्गता भएका महिला तथा बालिकाको अधिकार प्रवर्द्धनका लागि ‘इनेबल’ नामक नयाँ परियोजना प्रस्ताव गरेको छ, जुन हाल मन्त्रालयको सहजीकरण समितिमा छलफलको क्रममा रहेको छ।

त्यसैगरी, एम्नेस्टी इन्टरनेशनल नेपाल २०६२ सालदेखि समाज कल्याण परिषद्मा आबद्ध रहेको र यसको आबद्धता २०८३ असार मसान्तसम्म कायम रहने जानकारी दिइयो। संस्थाले सन् २०२६ का लागि ५ करोड १५ लाख ४२ हजार ५४० रुपैयाँ बजेटको मानव अधिकार अभियान तथा वकालतसम्बन्धी परियोजना सञ्चालन गरिरहेको परिषद्ले जनाएको छ। उक्त परियोजनाका लागि आवश्यक वैदेशिक सहायता लन्डनस्थित अन्तर्राष्ट्रिय सचिवालयबाट प्राप्त हुने परिषद्को अभिलेखमा उल्लेख छ।

ह्युमन राइट्स वाचको हकमा भने संस्था २०६४ सालमा परिषद्मा आबद्ध भए पनि हालसम्म कुनै परियोजनाको स्वीकृति नलिएको र नवीकरणका लागि समेत नआएको सदस्यसचिव बुढाले जानकारी दिनुभयो। उहाँले संयुक्त विज्ञप्तिहरूमा उल्लेख हुने ह्युमन राइट्स वाच न्युयोर्कमा आधारित अन्तर्राष्ट्रिय संस्था रहेको स्पष्ट पार्नुभयो।

समाज कल्याण परिषद्ले समाज कल्याण ऐन, २०४९ र नियमावलीअनुसार गैरसरकारी संस्थाहरूको नियमन गर्दै आएको जनाएको छ। संस्थाहरूले नेपालको प्रचलित कानुन वा सम्झौताका सर्त उल्लंघन गरेमा स्पष्टीकरण सोध्ने, परियोजना सम्झौता रद्द गर्ने, संस्था निलम्बन गर्ने वा अन्य कानुनी कारबाही अघि बढाउने अधिकार सरकारसँग रहेको सदस्यसचिव बुढाले बताउनुभयो।