२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काग्रेसको जागरण अभियानमा शीर्ष नेताहरुको दौडादौड



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रममा पार्टीका शिर्ष नेताहरुको सक्रियता बढेको छ । अभियानमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवम् तोकिएका प्रतिनिधि आ–आफ्नो क्षेत्रमा निरन्तर सहभागी हुनुभएको पार्टी कार्यालयले जनाएको छ ।

पार्टीले यही भदौ २४ देखि असोज ७ गतेसम्म ‘हिमाल पहाड तराई–मधेस नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण मुलुकभर सञ्चालन गरेको छ । जागरण अभियानको दोस्रो चरणको शुभारम्भमा सुनसरीमा सभापति शेरबहादुर देउवा, कास्कीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, धनुषामा उपसभापति विमलेन्द्र निधि, सुनसरीमा उपसभापति विजयकुमार गच्छदार, मकवानपुरमा महामन्त्री डा शशांक कोइराला, भक्तपुरमा महामन्त्री पूर्णबहादुर खड्का तथा काठमाडौँंमा कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा प्रकाशशरण महत खटिनुभएको थियो ।

यसैबीच नेपाली काङ्ग्रेसका वरिष्ठ नेता पौडेल पार्टी जागरण अभियानको दोस्रो चरणअन्तर्गत प्रदेश नं- ५ का विभिन्न जिल्लामा जानुहुने भएको छ । नेता पौडेलले आगामी असोज ५ देखि १० गतेसम्म सो प्रदेशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुनुहुने भएको उहाँको सचिवालयले जनाएको छ । वरिष्ठ नेता पौडेलले पार्टीको राष्ट्रिय जागरण अभियान अन्र्तगत प्यूठान, रोल्पा र दाङमा हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्नुहुने उहाँका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

यसअघि पार्टीले गत वैशाख २५ देखि जेठ २५ सम्म प्रथम चरणको जागरण अभियान सञ्चालन गरेको थियो । तेस्रो चरणको अभियान आगामी पुस ७ गते प्रारम्भ भई पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसमा समापन हुने पार्टी कार्यालयले जनाएको छ ।