२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशीलमा अध्यक्षमा उम्मेदवारी नदिने थापाको घोषणा, नयाँ नेतृत्वको सम्भावित उम्मेदवार को ?



अ+ अ-

काठमाडौं । विवेकशील नेपाली दलको अध्यक्ष उज्ज्वल थापाले पुनः अध्यक्षमा उम्मेदवारी नदिने घोषणा गरेसंगै अध्यक्षमा नयाँ नेतृत्वको सम्भावित उम्मेदवारबारे चर्चा सुरु भएको छ ।

पविवेकशिल नेपाली दलमा अध्यक्ष थापाले अध्यक्ष नहुने घोषणा गरेपछि पार्टीमा सबभन्दा बलियो दाबेदारका रुपमा रञ्जु दर्शना देखिएपनि उनले भने आफू छलफलमा रहेको भन्दै अहिले नै उम्मेदवारी दिने नदिने टुंगो लागिनसकेको बताइन् ।

यस्तै वर्तमान महासचिव गोविन्द नारायणका साथै मिलन पाण्डेलाई पनि सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ ।

नेताहरुका अनुसार नो भोटको व्यवस्था भएकाले एक जना मात्र उम्मेदवार भएपछि चुनाव हुनेछ । राष्ट्रिय सम्मेलनमा एक हजार बढी मतदान हुने विवेकशील नेपाली दलले जनाएको छ ।
विवेकशील नेपाली दलको राष्ट्रिय सम्मेलन आगामी कात्तिक १ र २ गते हुँदैछ ।