६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका सयौ कार्यकर्ता कांग्रेसमा प्रवेश



अ+ अ-

सन्धिखर्क । नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान चलिरहेका बेला अर्घाखाँचीमा नेपाली कांग्रेसले सयौ जना भित्तयाएको छ । जिल्लाको पाणिनि गाउँपालिकामा तत्कालिन एकिकृत नेकपा माओवादीका वडाअध्यक्ष र सदस्य पदका उम्मेदवारसहित ५ सय ७९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु खनाल (मुस्कान) का अनुसार स्थानीय तहको निर्वाचनमा तत्कालिन एकिकृत माओवादीबाट गाउँपालिका ८ मा वडाध्यक्षका उम्मेदवार बनेका नुर मोहमद अलि र सदस्यका उम्मेदवार मधु पन्तसहितका ५ सय ७९ जना नेपाली कांग्रेसमा प्रवेश गरेको हुन् ।

तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपा जनतामुखी हुन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र दुई तिहाइको सरकारले आफ्नो गाउँको विकासमा कुनै पहल नगरेको भन्दै आफूहरु कांग्रेसमा प्रवेश गरेको तत्कालिन एमाओवादीबाट वडाध्यक्ष पदका उम्मेदवार नुमहमल अलिले बताए।

नवप्रवेशीलाई नेपाली कांग्रेसका नेता चन्द्रबहादुर केसी, पूर्वमन्त्री रेवतिप्रसाद भुसाल, पार्टी सभापति विष्णु मुस्कान, पूर्व सभापती कमलप्रसाद भुसाल, क्षेत्रीय सभापति अच्युत गौतमलगायतले प्रवेश गराएका हुन्।