१९ श्रावण २०८३, मंगलवार
,
Latest
शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी २०७३ को निर्देशिका खारेज गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु माकलबारी–देशे सडक विस्तारमा नेपाली सेनासँग विवाद नभएको सांसद पाण्डेको स्पष्टोक्ति प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत मुन्दडाको घरमा खानतलासी गर्ने मोरङ प्रहरी प्रमुखसँग स्पष्टीकरण माग सुकुम्बासी समस्या समाधानका लागि सात दिनभित्र एकीकृत कार्ययोजना ल्याउन माग काँग्रेसले भन्यो ‘मधेसमा ज्यान जानेगरी गोली चलाउने अवस्था कसरी आयो, सरकारले चित्तबुझ्दो जवाफ देओस्’ विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए तीन महिनासम्म मासिक ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने सरकारको निर्णय राजनीतिक स्टन्ट होइन, सुकुमवासीको समस्या कानुनी रूपमा समाधान गर्नुपर्छ; पद्मा अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टिस्नेक भेनम’को अभाव छैनः मन्त्री मेहता



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टिस्नेक भेनम’को अभाव नरहेको दाबी गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले देशभर सर्पदंश उपचारका लागि हाल १ हजार २ सय ६९ भायल एन्टिभेनम मौज्दात रहेको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य सेवा विभागको मंगलवारको तथ्यांकअनुसार केन्द्रिय स्टोर, प्रादेशिक आपूर्ति केन्द्र, स्वास्थ्य कार्यालय तथा सर्पदंश उपचार केन्द्रहरूमा गरी उक्त परिमाणमा एन्टिभेनम उपलब्ध रहेको बताउनु भयो ।

उहाँकाअनुसार हाल मौज्दात रहेको १ हजार २ सय ६० भायल एन्टिभेनमबाट विष लागेको तथा नलागेको गरी करिव ८ सय ५० जना सर्पदंशका बिरामीको उपचार गर्न सकिने प्राविधिक आकलन गरिएको छ । मन्त्री मेहताले सर्पदंश उपचारका लागि आवश्यक १३ हजार २ सय भायल एन्टिस्नेक भेनम खरिद प्रक्रिया अघि बढिसकेको र साउन मसान्तसम्म आपूर्ति हुने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो ।

उहाँले तत्काल एन्टिभेनम अभाव हुन नदिन सम्बन्धित निकायसँग समन्वय गरी आपूर्ति, वितरण तथा दीर्घकालीन व्यवस्थापनलाई थप प्रभावकारी र दिगो बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताउनु भयो । उहाँले सर्पदंश भएका बिरामीलाई घरायसी उपचारमा नअल्झिन समेत आग्रह गर्नुभयो ।

मन्त्री मेहताले रेबिजविरुद्धको भ्याक्सिन (खोप) आपूर्तिको समेत समस्या नरहेको बताउनुभयो । उहाँले हाल स्वास्थ्य विभागले २ लाख ७४ हजार भायल एमआरभि खरिदका सम्झौता भएर आपूर्तिको क्रममा रहेको बताउनु भयो ।

उहाँले १ लाख ९० लाख एमआरभि गत हप्ता आपूर्ति भइसकेको जानकारी दिनुभयो । देशभर खोपको सुनिश्चितता गर्न सरकार प्रतिबद्ध रहेको जानकारी समेत दिनुभयो । –न्युज एजेन्सी नेपाल