१ असार २०८३, सोमबार
,
Latest
शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिक सत्र सुरु भएको ५ महिना बित्न लाग्दा पनि यहाँ विद्यार्थीले किताब पाएनन्



अ+ अ-

सिरहा । आइतबार बिहान १० बजे। कक्षा २ का छात्र वीरेन्द्र सदाय कपी लिएर आधारभूत विद्यालय धन्छबार पुगे। उनीसँगै अरू विद्यार्थी पनि फाटफुट आउन थाले। शिक्षक आएका थिएनन्। वीरेन्द्रकी हजुरआमा मरनी सदाय विद्यालयको बाटो हुँदै घर जाँदै थिइन्। नाति देखेपछि भनिन्, ‘बौवा चर चलु, पढाइ नै होइछै’ ९बाबु जाऊँ, पढाइ हुँदैन । वीरेन्द्र घर फर्केनन्। साथीभाइसँग विद्यालयमै खेल्न थाले।

‘राजनीतिक विवादले विद्यालयको पठनपाठन ठप्प छ। विद्यार्थी पढ्न जान छाडेका छन्,’ अभिभावक राधेदेवी रामले भनिन, ‘दलित गरिब पढ्ने विद्यालय राजनीति अखडा बन्दैछ।’ विद्यालयान १७८ जना अध्ययनरत छन्। तीमध्ये १०२ दलित छन् । शैक्षिक सत्र सुरु भएको ५ महिना बित्न लाग्दा पनि यहाँ विद्यार्थीले किताब पाएका छैनन्। ‘न त पुस्तक पायौं न छात्रवृत्ति,’ कक्षा ४ आनन्द रामले भने, ‘पढाइ पनि नियमित हुँदैन।’

शिक्षक नियमित रुपमा विद्यालय नआउने गरेको उनले सुनाए। पछिल्लो एक वर्षदेखि लक्ष्मीपुर पतारी गाउँपालिका–४ धन्छबारस्थित उक्त विद्यालय व्यवस्थापन समिति गठनमा विवाद छ। सोही कारण शैक्षिक अवस्था अस्तव्यस्त छ। नियमित पढाइ हुँदैन। विद्यार्थीले छात्रवृत्ति र पाठ्यपुस्तक पाएका छैनन् भने शिक्षकले तलब नपाएको महिनौं भयो। विद्यालयको खातापाता गाउँपालिकाले रोक्का गरेको छ। खाजा कार्यक्रम बन्द छ।

व्यवस्थापन समितिको म्याद ०७५ असारमा सकियो। मंसिरमा अर्को समिति गठन प्रक्रिया सुरु भयो। अभिभावक भेलाले समिति गठनका लागि हरिप्रसाद सदाय, जलासीदेवी सदाय, अर्जुन मण्डल र बबिताकुमारी दास सदस्य चयन गर्यो। पूर्ण समिति बनाउन १६ गते बैठक बस्ने कार्यक्रम तय भयो। प्रधानाध्याक तारणीप्रसाद चौधरीले ती सदस्यबाहेक हीरालाल यादव र इन्द्रदेव ठाकुरलाई बैठकमा बोलाए। त्यो थाहा पाएका सदस्यले गाउँपालिका गुहारे।

गाउँपालिकाले मनोनीत सदस्यमा छेदीलाल राम र सियावती सदायलाई पठायो। त्यसपछि ०७५ पुस २७ गते बैठक बसी समिति पूर्ण बनाउने निर्णय भयो। प्रधानाध्यापक चौधरी विश्वम्भर शर्मालाई निमित्त दिएर बिदामा बसे। अभिभावक, समितिका सदस्य, विद्यालय निरीक्षक र गाउँपालिकाको प्रतिनिधि भेलाले हरिप्रसाद सदाय अध्यक्षमा चयन भए। सदायलाई अध्यक्ष बनाउने निर्णय पुस्तिकामा निमित्त प्रधानाध्यापक शर्माले हस्ताक्षर गरेका छन्।

समिति गठन भएको अर्को दिन तत्कालीन निमित्त शर्माले वडाध्यक्ष विद्यानन्द साहलाई निवेदन दिए। उनले आफूले करकापमा हस्ताक्षर गरेको निवेदनमा लेखेका छन्। वडाध्यक्षले विद्यालयलाई व्यवस्थापन समिति कार्यान्वयन नगर्न पत्र लेखे। अनि विद्यालय विवादमा गाउँपालिका अध्यक्ष रामवल्लभ साह र वडाध्यक्ष विद्यानन्द साह दुई कित्तामा बाँडिए। प्रधानाध्यापक चौधरी वडाध्यक्षका पक्षमा छन् व्यवस्थापन समिति अध्यक्ष सदाय गाउँपालिका अध्यक्षका पक्षमा। गाउँपालिका अध्यक्ष समाजवादी र वडाध्यक्ष कांग्रेसका हुन्।

विवादकै कारण विद्यार्थी उपस्थिति घट्दै गएको प्रधानाध्यापक चौधरीले बताए। उनी आफ्नो अनुपस्थितिमा गठन भएको व्यवस्थापन समिति नमान्ने अडानमा छन्। वडाध्यक्ष साह भने नियमपूर्वक समिति गठन नभएको बताउँछन्। विद्यालयको खाता सञ्चालनमा नरहेको र पाठ्यपुस्तकका लागि रकम माग नगरेको गाउँपापिलका अध्यक्ष साहले बताए। समाचार अन्नपुर्ण पोष्ट दैनिकबाट




भर्खरै