३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

पनौती सङ्ग्रहालयमा विदेशी पर्यटकको आगमन बढ्यो

पनौती सङ्ग्रहालयमा विदेशी पर्यटकको आगमन बढ्यो
अ+ अ-

– पेमा लामा
बनेपा । करीब दशवर्ष अगाडिदेखि स्थानीय जनसमुदायको सक्रियतामा स्थापना भएको पनौती सङ्ग्रहालयमा आन्तरिक भन्दा बाह्य पर्यटकको आगनमको सङ्ख्या बढिरहेको पाइएको छ । सङ्गहालयका कर्मचारी तथा पनौती सङ्ग्राहलय व्यवस्थापन समितिका सदस्य–सचिव राजेन्द्र महाजुका अनुसार आर्थिक वर्ष २०७४/७५ मा तीन हजार १५१ सार्क राष्ट्रका नागरिकले सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

उनका अनुसार विदेशी पर्यटकको सङ्ख्या वर्षेनी वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ मा भने भूकम्पका कारण पर्यटकको सङ्ख्या घटेका कारण कम भएको थियो । आर्थिक वर्ष २०७१/७२ मा दुई हजार ९४८ रहेकामा २०७२/७३ मा एक हजार एक सय २८ र २०७३/७४ मा दूई हजार ४१५ जनाले अवलोकन गरेका थिए ।

वडा नं ७ का वडाध्यक्ष रामचन्द्र नास्नानीको संयोजकत्वमा गठन भएको सङ्ग्रहालय व्यवस्थापन समितिमा वडाका सदस्य, नगरपालिकाका प्रतिनिधि, त्यस आसपासमा रहेका विद्यालय, सङ्ग्रहालयका कर्मचारी सदस्य–सचिव रहने गरी गठन गरिएको छ । बिहानदेखि बेलुकासम्म खुल्ला रहने सङ्ग्रहालयमा बिहान र बेलुका गरी दुई समूहका लागि छ कर्मचारीले आवश्यक सञ्चालन र रेखदेख गर्दै आएका छन् ।

“यो सङ्ग्रहालय पूर्ण सरकारी पनि होइन, पूर्ण निजी पनि होइन, यहाँ उठेको रकमलाई व्यवस्थित कोष बनाएर राखिएको र त्यही कोषबाट उठेको रकमबाट काम गर्नेहरुको न्यूनतम खर्च चलाउँदै आइरहेका छौं”, व्यवस्थापन समितिका सदस्य–सचिव महाजुले भने, “केही ज्ञान प्राप्त हुने र समाजका लागि केही सहयोग गरौं भन्ने उद्देश्यले स्वयसेवीका रुपमा काम गरिरहेका छौं ।” विसं २०६७ फागुन २० गतेबाट सर्वसाधारणका लागि खुला गरिएको सङ्ग्रहालयमा पनौतीमा पुरातात्विक, सांस्कृतिक, धार्मिक र पुराना ऐतिहासिक वस्तुको सङ्कलन गरी स्थानीय बासिन्दाको सहयोगमा स्थापना भएको हो ।

पछिल्लो समयमा पुरातत्व विभागबाट नगरपालिकाको समन्वयमा त्यहाँका मन्दिर पुनःनिर्माण हुँदाका सामान तथा स्थानीयवासीसँग सङ्कलन गरी ल्याएका सामान संरक्षित गरी राखिएको व्यवस्थापन समितिले जनाएको छ । “सङ्ग्रहालय भनेको विदेशीलाई देखाउने मात्रै नभइ हाम्रै पूर्खाले इतिहासलाई लिपिबद्ध गरेर नयाँ पुस्तालाई हस्तान्तरण गरिएको जीवनशलीको माध्यम पनि हो”, उनले भने, “यसमा पूर्खाले प्रयोग गरेका भाँडावर्तन पनि यहाँ छन्, तर त्यो अहिलेको पुस्ताले प्रयोग गर्दैन, त्यो इतिहास भइसकेको वस्तुलाई पनि यहाँ राखेर अहिलेको पुस्तालाई पनि सिक्ने माध्यम बनको छ ।”

यसरी ऐतिहसिक महत्व बोकेको पनौती र त्यसको ऐतिहासिक महत्व बोकेको सङ«ग्रहालयलाई नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी अझ पर्यटकलाई आउने माध्यम बनाउन समिति लागि परेको जनाइएको छ । पनौती नगरपालिकाले भ्रमण वर्ष लक्षित कार्यक्रम आयोजना गरी त्यसलाई सफल बनाउन पनौती पर्यटन समिति गठन गरेको र त्यसले त्रिवेणीघाट ईन्देश्वर मन्दिरलगायत सिङ्गो पनौतीलाई नै समेटेर पर्यटकीय क्षेत्रको पहिचान र पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्ने विषयमा प्रक्रिया अगाडि बढाइसकेको नगरप्रमुख भीम न्यौपानेले बताए ।