१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

खेलाडीमाथिको कारबाहीले क्रिकेटको विकासमा अवरोध पुग्ने अवस्था आयोः सिप्यान

खेलाडीमाथिको कारबाहीले क्रिकेटको विकासमा अवरोध पुग्ने अवस्था आयोः सिप्यान
अ अ+ अ-

काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले खेलाडीमाथिको कारबाहीले क्रिकेट विकासमा अवरोध पुग्न सक्ने बताएको छ । 

नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको केन्द्रीय सम्झौताको वर्गीकरणको विषयलाई लिएर नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेट खेलाडीबीचको विवादप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सिप्यानले यस्तो धारणा व्यक्त गरेको हो । 

सिप्यानका अध्यक्ष डा मनिषराज पाण्डे तथा महासचिव पारस खड्काले जारी गरेको संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘क्रिकेट खेलाडीहरूको योगदानको फलस्वरूप आजको दिनमा नेपाली क्रिकेटले विश्व क्रिकेट जगतमा विशेष पहिचान बनाउन सफल भएको कुरा सबैमा विदित नै छ। तथापि खेलाडीहरूले आफ्ना भावना तथा आवाजहरू अगाडि राख्न खोज्दा ती मागहरूको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीहरू माथि नै गरिएका कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको छ,’ 

क्यानको बुधबार बसेको बोर्ड बैठकले खेलाडी वर्गीकरणको विषयमा मिडियामा असन्तुष्टि जनाएको भन्दै ज्ञानेन्द्र मल्ललाई कप्तान र  दीपेन्द्रसिंह ऐरीलाई उपकप्ताबाट हटाएको थियोभने  ज्ञानेन्द्र र दीपेन्द्रसहित अलराउन्डर सोमपाल कामी र तीव्र गतिका बलर कमलसिंह ऐरीलाई सन् २०२२ को पहिलो ६ महिना वर्गीकरणबाट पाउने रकम नदिने निर्णय गरेको थियो ।