२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिमा १४ करोड ४४ लाख बजेट विनियोजित



अ+ अ-

राँझा । बाँकेमा कृषि विकासका लागि चालू आर्थिक वर्षमा रु १४ करोड ४४ लाख बजेट विनियोजित गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार बाँकेमा ज्ञान केन्द्र र स्थानीय तहमार्फत कृषिका लागि छुट्याइएको बजेट एकमुष्ट रु १४ करोड ४४ लाख रहेको छ ।

बाँकेका आठ स्थानीय तहको कृषि शाखामार्फत रु सात करोड ९९ लाख कृषि कार्यक्रमका लागि सञ्चालन गर्न बजेट छुट्याइएको छ । स्थानीय तहमध्ये कृषिमा सबैभन्दा धेरै बाँकेको कोहलपुर नगरपालिकाले छुट्याएको छ । कोहलपुरले कृषि शाखामार्फत रु एक करोड ५१ लाख बजेट विनियोजन गरेको छ ।

त्यस्तै जानकी गाउँपालिकाले रु एक करोड ३५ लाख, राप्ती सोनारी गाउँपालिकाले रु एक करोड १५ लाख, बैजानाथ गाउँपालिकाले रु एक करोड १० लाख, नरैनापुर गाउँपालिकाले रु ८० लाख ५० हजार, नेपालगञ्ज उपमहानगरपालिकाले रु ७४ लाख, खजुरा गाउँपालिकाले रु ७० लाख र डुडुवा गाउँपालिकाले रु ६४ लाख बजेट कृषिको विकासमा छुट्याएका छन् ।

ज्ञान केन्द्रले स्थानीय तहसँग समन्वय गरी कृषिका कार्यक्रम सञ्चालन गर्ने केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए ।