३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

भ्रमण वर्षलक्षित सहकारीको अभियान

भ्रमण वर्षलक्षित सहकारीको अभियान
अ+ अ-

काभ्रेपलाञ्चोकः नगरकोटस्थित बृहत पर्यटन सहकारी संस्थाले ‘भ्रमण वर्ष–२०२०’ लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ । सहकारीले आफ्नो अभियानको थालनी विदेशी पाहुनाका लागि नगरकोटका १० घरमा घरबास (होमस्टे) व्यवस्थापनबाट गरेको छ । भ्रमण वर्षलाई लक्षित गरी विशेषगरी विदेशी पाहुनाका लागि दोस्रो चरणमा पर्यटन सूचना केन्द्र स्थापना गरिने सहकारीका अध्यक्ष अनिश तामाङले बताए ।

उनले भने, “हामीले सहकारीमार्फत नगरकोटमा स्वदेशी, विदेशी पाहुनाका लागि स्वच्छ वातावरण, स्वस्थ खाना, सहज एवं रमणीय बसाइँको व्यवस्थापनमा लागेका छौँ ।” उनले घरवासको सङ्ख्या बढाउँदै लगिने तथा अन्य पर्यटन प्रवद्र्धनका योजना बनाइएको जानकारी दिए ।

सहकारीले भ्रमण वर्षलाई लक्षित गरी विदेशी पर्यटकका लागि नगरकोटमा गाइड नभएकाले स्थानीय सक्षम युवा छनोट गरी तालीम दिइने, पर्यटकीय एकीकृत बस्ती निर्माणको कार्ययोजना बनाउन सम्भाव्यता अध्ययन थालिने, नगरकोटका होटलमा अग्र्यानिक तरकारी प्रयोग गराउन हाललाई उपलब्ध गराउने र त्यससम्बन्धी खेती शुरु गर्ने योजना बनाएको छ ।

पर्यटकीय नगरकोट क्षेत्र काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–२ र भक्तपुरको चाँगुनारायण नगरपालिका–६ मा पर्दछ । सहकारीले नगरकोटस्थित महादेव पोखरी, टावर तथा सडक क्षेत्र समय–समयमा सरसफाइ गर्दै आएको छ भने आली जमीनमा विषेश जातका बिरुवा तथा फूल रोप्दै आएको छ ।

भ्रमण वर्षभरि विविध सांस्कृतिक कार्यक्रम गर्न स्थानीय पर्यटन विकास समिति र अन्य संस्थासँग सहकार्य गरी तामाङ तथा गुरुङ संस्कृतिलाई पर्यटनसँग जोड्ने कार्यक्रम ल्याउने प्रक्रिया अघि बढाइएको सहकारी अध्यक्ष तामाङले बताए । सहकारीले भ्रमणलक्षित कार्यक्रम गर्नु उत्साहजनक कार्य भएको जिल्ला सहकारी सङ्घका सचिव दिलीप शर्माले बताए ।

उनले जिल्लामा रहेका करीब एक हजार ४०० सहकारीमध्ये चार मात्रै पर्यटन सहकारी रहेको जानकारी दिँदै अन्य पर्यटन सहकारीलाई पनि भ्रमणलक्षित कार्यक्रम बनाउन आग्रह गरे ।यसअघि जिल्लामा पर्यटन प्रवद्र्धनार्थ भ्रमण वर्षलक्षित पूर्वतयारीअन्तर्गत तेमाल हाइकिङ, नमोबुद्ध हाइकिङ शुरु गरिएको छ ।