२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गु नियन्त्रण गर्न कांग्रेसले चाल्यो यस्तो कदम, जनतालाई राहत



अ+ अ-

डढेल्धुरा । नेपाली काङ्ग्रेस डडेल्धुराले जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा र आसपासको ठाउँमा आज बिहान डेङ्गु नियन्त्रण गर्न लामखुट्टे मार्ने औषधि छर्केको छ ।

डेङ्गुको सङ्क्रमणबाट जोगिन डडेल्धुरामा पहिलो पटक सचेतना र्यालीसहित नेपाली काङ्ग्रेस डडेल्धुराले औषधि छर्किएको हो ।

तराईका जिल्लामा लामखुट्टेको टोकाइबाट फैलिने डेङ्गु रोगको सङ्क्रमण पछिल्ला वर्षमा डडेल्धुरालगायत पहाडी र हिमाली जिल्लामा पनि देखिन थालेका छन् । डेङ्गुको औषधि छर्कनुकासाथै घर आँगन र वरिपरी सफा राखौं, सचेत रहौँ भन्दै र्याली निकालिएको काङ्ग्रेस डडेल्धुरा सभापति कर्णबहादुर मल्लले बताउनुभयो ।

डडेल्धुरा जिल्लाका तीन जना स्थानीयवासीमा अहिलेसम्म डेङ्गु रोगको सङ्क्रमण देखिएको डडेल्धुरा अस्पतालको तथ्याङ्क छ ।

यस्तै एक जना बझाङ्ग र एकजना डोटीबाट अस्पताल पुगेका बिरामीमा पनि डेङ्गीको सङ्क्रमण देखिएको अस्पतालका मेसु डा जीतेन्द्र कँडेलले बताउनुभयो । डडेल्धुरामा डेङ्गु रोग भन्दा पनि स्क्रवटाईफसको सङ्क्रमण बढी फैलिएको छ । पछिल्लो तीन सातायता डडेल्धुरा अस्पताल पुगेका बिरामीमध्ये ५० जना भन्दा बढीमा स्क्रवटाईफसको सङ्क्रमण देखिएको अस्पतालका ल्याब प्रमुख ईश्वरी भुसालले बताउनुभयो ।

काङ्ग्रेसको सचेतना र्यालीमा राष्ट्रिय जागरण अभियानमा खटिआएका केन्द्रीय प्रतिनिधि अन्तराम भट्ट, बेलबहादुर रानालगायत जिल्लास्तरका नेता कार्यकर्ता एवं अगुवा बुद्धिजीवी समाजसेवीको सहभागिता थियो ।