४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

डा.शर्माद्धारा महासचिवको उम्मेदवारी घोषणा

डा.शर्माद्धारा महासचिवको उम्मेदवारी घोषणा
अ+ अ-

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको लागि डा. हेमराज शर्माले महासचिव पदको उम्मेदवारी घोषणा गरेका छन् । बेलायतबाट आफ्नो घोषणापत्र सार्वजनिक गर्दै त्यसको कार्यान्वयनको प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

उनले आफ्नो घोषणा पत्रमा सबैको एनआरएनए, सबल र बहुआयामीक एनआरएनए, स्मार्ट एनआरएनए , परिणाममुखी एनआरएनए, दीगो एनआरएनए, सिप, ज्ञान र नवप्रवद्र्धनका लागि एनआरएन तथा उत्तरदायी र पारदर्शी एनआरएनए गरी निर्देशक सिद्दान्तहरु समेत बनाएका छन् ।

डा.शर्माले हाल संघमा न्यून संख्यामा गैरआवासीय नेपाली आवद्ध रहेको भन्दै आम गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली संघ मेरो पनि हो भन्ने अपनत्व महसुस गराउन संस्थागत संरचनामा परिवर्तन गर्ने एजेण्डालाई प्राथमिकताका साथ अघि सारेका छन् । महिला, वैदेशिक रोजगार, लगानी, मानवकल्याण, प्राज्ञिक विभाग गरी ६ विभागको गठन गर्ने गरी संस्थागत संरचनामा परिवर्तन गर्ने, दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई संघ र नेपालसँगको सामीपत्यता कायम गर्न हरेक राष्ट्रिय परिषद्मा एउटा छुट्टै निकायको व्यवस्था गर्ने, वैदेशिक रोजगारीका समस्या र सम्भावानाका बारे श्वेतपत्र तयार गर्ने, प्रस्तावित रु १० अर्बको संयुक्त लगानी कोषमार्फत थोरै आम्दानी हुने नेपालीहरुले लगानी गर्न सक्ने वातावरण तयार गर्ने जस्ता विषय डा शर्माको प्रतिवद्धतापत्रमा समेटिएको छ।

गैरआवासीय नेपाली संघलाई अन्तराष्ट्रियस्तरको नमूना संस्थामा विकास गरी संघलाई रिब्रान्डिङ गर्ने, नेपाल सरकार र अन्तर्रा्ष्ट्रिय समुदाय बिच समन्वय गर्न पुलको रुपमा काम गर्ने, गैरआवासीय नेपाली संघलाई अत्याधुनिक डिजिटल प्रविधियुक्त बनाउने जस्ता विषय पनि शर्माको चुनावी प्रतिवद्धतापत्रमन उल्लेख गरिएको छ । यस्तै गैरआवासीय नेपाली संघका कार्यक्रमहरु परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गर्ने पनि शर्माले बताएका छन् ।

जसअनुसार संघको दुईवर्षे कार्ययोजना सहभागीमूलक रुपमा निर्धारण गरी कार्यक्रमको क्यालेण्डर तयार गर्ने, परियोजना छनोटसम्बन्धी नीति बनाई पुनरावलोकन र मूल्याङ्कन गर्न विज्ञहरुको समिति बनाउने, हाल आयोजना हुँदै आएका क्षेत्रीय बैठकको सट्टा निश्चित योजनामा केन्द्रित विषयगत कार्यशाला र गोष्ठीहरुको आयोजना प्रभावकारी र मितव्ययी रुपमा गर्ने, संघले नेपालमा गर्ने गतिविधी र कार्यक्रमहरुलाई काठमाडौं उपत्यका बाहिर बिस्तार गर्ने जस्ता विषय समेटिएका छन् ।

यसैगरी सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नु पर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतको खोजी गरिने पनि डा शर्माले जनाएका छन् । जसअनुसार भिजन–२०२० अनुसार विधानमा व्यवस्था भएको एनआरएनए फाउण्डेसन स्थापना गर्ने, गैरआवासीय नेपाली संघको सञ्जाल प्रयोग गरी सञ्चालनमा आएका व्यवसायबाट लाभांशको न्युनतम प्रतिशत एनआरएनका लागि छुट्याउनु पर्ने, संसारभरि छरिएर रहेका एनआरएनएका सदस्यहरु समक्ष आफ्नो उत्पादनको विज्ञापन पुर्याउन चाहने व्यवसायिक संस्थाहरुबाट शुल्क लिनजस्ता विषय समेटिएको छ ।

यस्तै गैरआवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप र प्रविधि भित्र्याउने वातावरण तयार गर्न एउटा छुट्टै विभागको गठन गर्ने, संघको निर्वाचनलाई मर्यादित र मितव्ययी बनाईने, आर्थिक पारदर्शिताका कायम राख्न सचिवालयमा एक संयन्त्रको स्थापना गर्ने, एनआरएनए र आम गैरआवासीय नेपाली बीच सिधासम्पर्क गर्न विद्युतिय माध्यमबाट ‘एनआरएनएसँग सिधा संवाद’ कार्यक्रम सञ्चालन गर्ने र यस्ता कार्यक्रममा गैरआवासीय नेपालीका चासोका विषय (वैदेशिक रोजगार, मतदानको अधिकार, नागरिकता, सम्पत्तिको अधिकार आदि) बारे पदाधिकारीहरुसँग प्रत्यक्ष संवाद गर्न सकिने शर्माको घोषणापत्रमा उल्लेख छ ।

हालको बदलिएको तथा चुनौतीपूर्ण परिस्थितिमा गैरआवासीय नेपाली संघलाई समय सापेक्ष विकास गर्ने र सुदूर भविष्यको मार्गचित्र तयार गर्ने अवसर यसपछिको पुस्तालाई आएको उनले बताएका छन् । यस ऐतिहासिक घडीमा म पनि यो प्रक्रियाको एक हिस्सा बन्न सक्छु भन्ने आत्मविश्वासका साथ संघको आगामी कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को महासचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको छु’ शर्माले आफ्नो चुनावी प्रतिवद्धतापत्रको भूमिकामा भनेका छन् । संघ बलियो भयो भने मात्र मातृभूमिका लागि केही गर्न सकिन्छ भन्ने विश्वासका आफूल उम्मेदवारी दिएको बताउँदै उनले भनेका छन् । ‘महासचिवको रुपमा संघलाई संस्थागतरुपमा बलियो बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ ।’ को हुन् शर्मा ? एनआरएनभित्रका प्लान सेटरका रुपमा परिचित शर्मा विगत १४ वर्षदेखि गैरआवासीय नेपाली संघमा सक्रिय छन् ।

गैरआवासीय नेपाली संघ जापानको महासचिव, दुई कार्यकाल अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, प्रवक्ता हुँदै विगत तीन कार्यकाल संघको सल्लाहकार भए उनी । यस्तै उनले विधान समितिको सदस्यबाट शुरु गरेर पछिल्लो तीन कार्यकाल सो समितिको संयोजकको भूमिका निर्वाह गरिसकेका छन् । सोही समितिमा रहि संघको नयाँ विधानपरिमार्जनको खाका कोर्ने देखि संघका अधिकांश नियमावलीहरु निर्माण गर्ने क्रममा उनले नेतृत्वदायी भूमिका खेलेका छन् ।

यस्तै सन् २०१८ को एनआरएन प्रथम विश्व विज्ञ सम्मेलनको संयोजन पनि डा शर्माले नै गरेका थिए भने कार्यकारी पदमा नरहँदा पनि उनी संघले आयोजना गरेका सबै विश्व सम्मेलन, क्षेत्रीय सम्मेलन र महत्त्वपूर्ण बैठक गोष्ठीमा सहभागीद हुँदै आएका छन् । हालसम्मका पाँच वटै अध्यक्षहरु उपेन्द्र महतो, देवमान हिराचन, जीबा लामिछाने, शेष घले र भवन भट्टको समितिमा रही उनले केही न केही भूमिकामा काम गरेका छन् । नेपालको बागलुङमा जन्मि हाल विश्वप्रसिद्ध लिभरपुल विश्वविद्यालयका प्राध्यापक समेत रहेका उनी एनआरएनभित्रका वौद्धिक व्यक्तित्वका रुपमा परिचित छन् ।

उनले निरन्तर गैरआवासीय नेपालीहरुको नागरिकता तथा मतदान अधिकारलगायतका आप्रवासी हकहितका विषयमा आवाज उठाउँदै आएका छन् । यसका अतिरिक्त पेशागत रुपमा उनले बेलायत, जापान, जर्मनी, ईटालीका प्रतिष्ठित विश्वविद्यालय र अनुसन्धान केन्द्रमा अध्यन, अध्यापन र अनुसन्धानबाट ज्ञान, सिप र अनुभव हासिल गरेका छन् ।

डा शर्मा भन्छन्, ‘म महासचिवमा निर्वाचित हुँदा गैरआवासीय नेपाली संघमा प्राज्ञिकवर्गको प्रतिनिधित्व मात्र हुने छैन संघमा हालसम्म निराशाजनक रहेको यो समुदायकय सहभागितालाई समेत थप उत्साहित बनाउनेमा विश्वस्त छु । फलतः यसले गर्दा ज्ञान, सिप र प्रविधि नेपालमा भित्र्याउने संघको योजनामा टेवा मिल्ने छ ।’