२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा डुङ्गा दुर्घटना



अ+ अ-

टोकियो । जापानको उत्तरी भेगको समुद्री क्षेत्रमा माछा मार्ने डुङ्गा दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको उद्धारकर्ताहरुले जनाएका छन् । दुर्घटनाग्रस्त उक्त डुङ्गामा रहेका अरु सात जना बेपत्ता छन् ।

किमीमारु नाम गरेको २९ टन वजनको उक्त डुङ्गामा माछा मार्ने आठ व्यक्ति सवार थिए । तटीय सुरक्षाकर्मीका अनुसार होक्काइडोको तटीय क्षेत्रबाट करिब ६४० किलोमिटर टाढा प्रशान्त महासागरमा डुङ्गा दुर्घटनाग्रस्त भएको थियो ।

लामो चुच्चो भएको विशेष प्रकारको माछा मार्न उक्त डुङ्गाको प्रयोग गरिएको थियो । यो माछा पछिल्लो समय जापानको तटीय जलक्षेत्रमा पाउन कठिन हुने गरेको छ ।