३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

भरतपुरमा साहसिक खेल ‘जिपलाइन’ को शुभारम्भ

भरतपुरमा साहसिक खेल ‘जिपलाइन’ को शुभारम्भ
अ+ अ-

भरतपुर । चितवनमा पहिलोपटक साहसिक खेलको रूपमा परिचित जिपलाइन सञ्चालनमा आएको छ । पर्यटन वर्ष २०२२ लाई लक्षित गर्दै भरतपुरको जलदेवी सामुदायिक वनले जिपलाइन सञ्चालनमा ल्याएको हो । जिपलाइनको बुधबार प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले उद्घाटन गरे ।

सामुदायिक वनले निजी कम्पनी वाइल्ड ओन्डर्स नेपाल प्रालिसँगको सहकार्यमा जिपलाइन सञ्चालनमा ल्याएको हो । सामुदायिक वनमा निर्माण गरिएको तीन ठूला र एउटा बच्चाका लागि तयार गरिएको जिपलाइन बुधबारदेखि सञ्चालनमा आएको सामुदायिक वनका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

उनले चितवन आउने पर्यटकको बसाइ लम्ब्याउन जिपलाइनले मद्दत पुर्याउने विश्वास व्यक्त गरे।बच्चाका लागि निर्माण गरिएको जिपलाइनको दूरी ५५ मिटरको छ भने अन्य तीन ८५ देखि १८५ मिटर दूरीमा रहेको जिपलाइन सञ्चालक राजकुमार श्रेष्ठले जानकारी दिए । उनले छिट्टै २८५ मिटरको अर्को जिपलाइन तयारीको क्रममा रहेको बताए ।

जिपलाइन निर्माणका लागि रु ७५ लाख खर्च भएको सामुदायिक वनले जनाएको छ । जिपलाइन तीन महीनामै निर्माण सम्पन्न भए पनि सबै प्राविधिक पाटो मिलाउँदा एक वर्ष लागेको सञ्चालक श्रेष्ठले बताए । जिपलाइनको मज्जा लिनका लागि बच्चाका लागि रु १०० र अन्यका लागि रु ५०० र ६०० को टिकट राखिएको छ । जिपलाइनमार्फत नै सामुदायिक वनमा वार्षिक २० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।