१६ श्रावण २०८३, शनिबार
,
Latest
रविले भ्रम र यथार्थको सम्मिश्रणबाट भीड जम्मा गरे, कानूनी समस्याले बालेन कामचलाउ भएः खगेन्द्र संग्रौला भीषण हावाहुरीका कारण ग्रीसभर डढेलो फैलियो, समुन्द्री मार्गबाट सयौँको उद्धार मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी खोप तथा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरणका लागि नाइजेरियालाई गाभीद्वारा ५० करोड डलर सहयोग नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने



अ+ अ-

पर्सा। पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले समन्वयात्मक रूपमा जिल्लाको शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकले गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा) को निर्देशन कार्यान्वयन, प्रदेश सुरक्षा समन्वय समिति, मधेस प्रदेश बैठकको निर्णयमाथी छलफल गरी निर्देशन बुँदागत रूपमा सम्बन्धित सरोकारबालसँगको सहकार्य, समन्वय, सहजीकरण र सहभागितामा तत्काल कार्यान्वयन गर्ने र सबै सुरक्षा निकायले समन्वयात्मक रूपमा जिल्लाको शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाउने निर्णय गरेको हो ।

गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा)ले बिहीवार पछिल्ला घटनाक्रमलाई सुक्ष्म निगरानी र विश्लेषण गर्दै सुरक्षा निकायले सक्रियतापूर्वक समन्वयात्मक ढङ्गले सुरक्षा व्यवस्था मजबुत र सुदृढ बनाउने तथा सुरक्षात्मक कारवाहीमा संयमतापूर्वक सुरक्षाकर्मीको परिचालन गर्ने लगायतको निर्देशन जारी गरेको थियो ।

बैठकले पछिल्लो समय देशका विभिन्न स्थानमा उत्पन्न असहज परिस्थितिका कारण पर्सा जिल्लामा देखिन सक्ने सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै शुक्रबार साँझ ५ः०० बजेदेखि आज बिहान ६ः०० बजेसम्म बीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको छ ।रासस




भर्खरै