• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

‘विद्यार्थीले सिकेको ज्ञान सिर्जनात्मक ढंगले प्रयोग गर्न सबैलाई आवश्यक वातावरण सिर्जना गरिनेछ’- प्रधानमन्त्री (भिडियो)



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई  राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताउनु भएको छ । सोमवार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बाल्दै प्रधानमन्त्री देउवाले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई  राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताउनु भएको हो ।

उहाँले सरकारको पनि आर्थिक स्तर बढी भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यता रहेको भन्दै राष्ट्रको उन्नती र समग्र समाजको सकारात्मक परिवर्तनका लागि सबैले उच्च शिक्षा पाउनुपर्ने बताउनु भयो । प्रधानमन्त्री देउवाले आजको प्रतिष्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शिक्षा तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन र मुलुकको अर्थतन्त्रलाई तीव्र रुपमा रुपान्तरण गर्न सिर्जनात्मक र प्रवर्तनशील युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्तिको उत्पादन विश्वविद्यालयले गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘विद्यार्थी कल्याण सम्बन्धी कार्यहरु बिस्तार र विश्वका अन्य प्रतिष्ठित विश्व विद्यालयहरुसँग सहकार्य गर्दै आफ्नो स्तरोन्नती गर्ने गरी यसलाई निरन्तरता दिनुपर्दछ । विश्वविद्यालयको स्तर उँचो बनाउन सम्पूर्ण पदाधिकारी, प्राध्यापक, विद्यार्थीहरुसँग सहकार्यको आवश्यक पर्दछ । विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यवहारिक, जीवनोपयोगी समाजको विकास, रुपान्तरणमा सहयोगी हुनुपर्दछ । मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ, बनाउन र मुलुकको अर्थतन्त्रलाई तीव्र रुपमा रुपान्तरण गर्न सिर्जनात्मक र प्रवर्तनशील युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्तिको उत्पादन हुनुपर्दछ ।

आजको प्रतिष्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शिक्षा तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक छ । शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नती र समग्र समाजको सकारात्मक परिवर्तनका लागि हुनुपर्छ र यस्तो शिक्षा प्राप्त गर्ने अवसर सबैलाई समान रुपमा हुनुपर्दछ । विद्यार्थीले सिकेको ज्ञान सिर्जनात्मक ढंगले प्रयोग गर्न सबैलाई आवश्यक वातावरण सिर्जना गरिनेछ । सरकारको पनि आर्थिक स्तरमाथि भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यता छ । समाजका सबै वर्ग, समुदायले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा र सिर्जना राष्ट्र, समाजमा उपयोग गर्नसक्ने वातावरण तयार गर्ने हाम्रो आजको राष्ट्रिय दायित्व हो ।’

प्रधानमन्त्री देउवाले  विश्वविद्यालयले विद्यार्थी कल्याण सम्बन्धी कार्यहरु बिस्तार र विश्वका अन्य प्रतिष्ठित विश्व विद्यालयहरुसँग सहकार्य गर्दै आफ्नो स्तरोन्नती गर्ने गरी निरन्तरता दिनुपर्ने बताउनु भयो । विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री देउवाले २९ हजार ७२९ जना विद्यार्थीहरुलाई दीक्षित गर्नुभएको हो ।