३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

नेप्से परिसूचक पुनः ओरालो

नेप्से परिसूचक पुनः ओरालो
अ+ अ-

काठमाडौं । मङ्गलबार र बुधबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १८ दशमलव १२ अङ्कले घटेर एक हजार १५५ दशमलव ३० मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ४९ अङ्कले घटेर २५२ दशमलव २१ मा झरेको छ । स्टकका अनुसार आज कूल १६६ कम्पनीको १२ लाख २४ हजार ५७२ कित्ता शेयर रु ३९ करोड ९९ लाख ३० हजार ८७१ मा खरीद बिक्री भयो ।

कारोवार भएका १२ उपसमूहमध्ये दुई उपसमूहको मात्र शेयर बढेको छ । व्यापार २ दशमलव ३७ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य दुईले बढ्दा बैंकिङ १४ दशमलव ७९, होटल ४८ दशमलव ९३, विकास बैंक ११ दशमलव ७८, जलविद्युत् १३ दशमलव २२, वित्त शून्य दशमलव ६९, निर्जीवन बीमा १०५ दशमलव ३२, उत्पादन ४४ दशमलव १२, अन्य १८ दशमलव २४, लघुवित्त १२ दशमलव ५६, जीवन बीमा १०५ दशमलव ६ अङ्कले घटेकोे छ ।

कारोवार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु पाँच करोड २४ लाख ६२ हजार ५७१ मा खरीद बिक्री भयो । त्यस्तै प्रभू बैंक रु दुई करोड ६७ लाख १५ हजार ७१७, सिद्धार्थ बैंक रु एक करोड ८१ लाख ८० हजार ३८५, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था रु एक करोड ७३ लाख ९८ हजार ९४६, नेपाल बैङ्क रु एक करोड ६५ लाख ६० हजार २०४ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रु एक करोड ५२ लाख ७४ हजार ६३६ मा खरीद बिक्री भए ।

परिसूचक घटे पनि समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाए । त्यस्तै एक्सेल डेभलपमेन्ट बैंक ७ दशमलव २२, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ५ दशमलव ७६, आँखुखोला जलविद्युत् कम्पनी ५ दशमलव ३६, नवील इक्विटी फण्ड ३ दशमलव ८० र मन्जुश्री फाइनान्सका शेयरधनीले ३ दशमलव २३ प्रतिशतले कमाए ।

गुराँस लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले ८ दशमलव ४६ प्रतिशतले गुमाउँदा स्पर्स लघुवित्त वित्तीय संस्था ८ दशमलव १३, नेपाल इन्स्योरेन्स कम्पनी ७ दशमलव २१, सूर्यलाइफ इन्स्योरेन्स कम्पनी ६ दशमलव १० र अरुण काबेली पावर लिमिटेडका शेयरधनीले ५ दशमलव ६७ प्रतिशतले गुमाए ।