३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बैठक सकिने दिन पनि सत्तापक्ष र प्रतिपक्षबीच उस्तै जुहारी

बैठक सकिने दिन पनि  सत्तापक्ष र प्रतिपक्षबीच उस्तै जुहारी
अ+ अ-


काठमाडौं। प्रतिनिधिसभाको बैठकमा सत्तारूढ दल र प्रमुख प्रतिपक्ष दलबीच सरकारको काम–कारबाहीलाई लिएर आरोप–प्रत्यारोप भएको छ। नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले जनताको चाहना र भावनाअनुसार काम गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चर्को आलोचना गरेको छ।

सत्तारूढ दल नेकपाले भने संविधान जारी भएसँगै मौलिक हकसँग जोडिएको महत्वपूर्ण कानुन निर्माण गर्नु उपलब्धि भएको बताउँदै सरकारले समृद्ध नेपालका लागि काम गरिरहेको बताएको छ।
-सानो राष्ट्रिय र प्रतिनिधिसभाबाट १८–१८ वटा विधेयक पारित
-नेपाल मिडिया काउन्सिलसहितका केही विधेयक विधायन समितिमा

संघीय संसद्को चौथो अधिवेशन समापनको अवसरमा बिहीबार संसद्मा सम्बोधन गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइ बहुमत भए पनि डेढ वर्षको कार्यालयबाट असफल भएको आरोप लगाउँदै नेकपा अधिकारको दुरुपयोग गर्नेतर्फ लागेको बताए ।संसद्मा लिखित सम्बोधन गर्नुभएका उनले लोकतन्त्रले शान्तिपूर्ण आमसभा गर्ने, विचार राख्ने अधिकार प्रदान गरेको भए पनि कांग्रेसको जागरण कार्यक्रममा सत्ता पक्षकै कार्यकर्ताबाट बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण हुनु दुःखद भएको बताए ।

सभापति देउवापछि सांसदलाई सम्बोधन गर्नुभएका नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान निर्माण भएको चार वर्षमा महत्वपूर्ण आधार खडा गरेको हुँदा निरास हुनुपर्ने अवस्था नरहेको बताए । संविधानकै आधारमा उभिएर समग्र विकास गर्न सक्ने अवस्था रहेको बताउँदै नेपाली इतिहासमा संविधानका लागि अब राजनीतिक आन्दोलन गर्नुपर्ने आवश्यकता नरहेको बताए ।

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले संविधान संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै असन्तुष्टि नै विकास गर्ने आधार भएकाले जनचाहना र भावनाअनुसार संविधान संशोधन गर्दै अगाडि बढनुपर्नेमा जोड दिए । ‘संविधान भनेको ढुंगामा कुदेको अक्षर हुँदैन, आर्थिक राजनीतिक सामाजिक र वर्ग समुदायको इच्छाअनुसार संविधान परिमार्जन गर्नुपर्छ’, भट्टराईले भने– ‘सत्य सेतो कालो र सेता हुँदैन खैरो हुन्छ, संविधान सशोधन गरेर पूर्णता दिनुपर्ने आजको आवश्यकता हो।

संविधान आधा भरिएको गिलास हो अब पूरा भरेर पूर्णता दिनुपर्छ, चार वर्षको अवधिमा संविधान संशोधन हुन सकेन, हामीले गल्ती गरिरहेका छौं।’ उनले शासकीय प्रणालीमै सुधार गर्नका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताउँदै भ्रष्टाचार बढ्नुका कारण खर्चिलो निर्वाचन प्रणाली नै भएको बताए। राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सबै नागरिकले उल्लासका साथ संविधान दिवस मनाउने अवस्था नआएको बताए ।

सांसद राजेन्द्र लिङ्देनले सरकारले चार वर्षको अवधिमा उपलब्धिमूलक काम नभएको आरोप लगाउनुभयो। सांसद प्रेम सुवालले सरकारले असफल भएको टिप्पणी गरे । प्रतिनिधिसभाको अधिवेशन समापन कार्यक्रममा सांसदको उपस्थिति निकै न्यून देखिएको थियो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली एक घन्टा मात्र सहभागी भएका थिए । समाचार नेपाल समाचारपत्र दैनिकबाट