१४ श्रावण २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ? नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु संसदमा प्रचण्डको सम्बोधन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी घटनाबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने सांसद शर्माको माग



अ+ अ-

काठमाडाैँ । सुनसरीको कप्तानगञ्जमा भएको हत्या प्रकरणलाई लिएर प्रतिनिधि सभामा सरकारको  आलोचना भएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाल कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले उक्त घटनाका सम्बन्धमा प्रधानमन्त्रीले संसदलाई आधिकारिक जानकारी गराउनुपर्ने माग गर्नुभएको हो सांसद शर्माले कप्तानगञ्जमा भएको ओमप्रकाश मेहताको हत्याले मुलुकलाई तरंगित र स्तब्ध बनाएको उल्लेख गर्दै यस्तो संवेदनशील घडीमा प्रधानमन्त्री स्वयं उपस्थित भएर घटनाको वस्तुस्थिति र समग्र अवस्थाबारे सदनलाई स्पष्ट पार्नुपर्ने बताउनु भयो ।

प्रधानमन्त्रीको उपस्थिति र सक्रियताबारे प्रश्न उठाउनु भयो । सम्बोधनका क्रममा सांसद शर्माले गृहमन्त्रीको कार्यशैली र अभिव्यक्तिको पनि चर्को आलोचना गर्नुभयो । गृहमन्त्रीले सार्वजनिक रूपमा ‘कसैलाई यो मन्त्रालय चाहिएको छ भने लैजाऊ’ भनी धम्कीपूर्ण र अराजक अभिव्यक्ति दिएको भन्दै उहाँले आपत्ति जनाउनु भयो । राज्य अभिभावकको भूमिकामा रहनुपर्नेमा जोड दिँदै शर्माले सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री कहाँ हुनुहुन्छ र के गर्दै हुनुहुन्छ भन्ने जानकारी न संसदलाई छ, न त सर्वसाधारणलाई । यस्तो गम्भीर विषयमा प्रधानमन्त्रीले संसदमा आएर जानकारी दिनुपथ्र्यो । कप्तानगञ्ज घटनाको जिम्मेवारी स्थानीय तहलाई दिने हो कि नेपाल प्रहरीले गरेको कामको जिम्मा गृहमन्त्रीले लिने हो ? यसको स्पष्ट जवाफ सदनलाई चाहिन्छ ।’

विगतका घटनाहरूमा राज्य र गृह नेतृत्व संवेदनशील हुनुपर्छ भन्नेहरू नै अहिले जिम्मेवारीबाट पन्छिन खोजेको उहाँको आरोप छ । सांसद शर्माले प्रधानमन्त्रीलाई तत्काल संसदको रोष्टममा उपस्थित भएर यस्ता संवेदनशील घटनाबारे आधिकारिक धारणा सार्वजनिक गर्न र सदनलाई जानकारी गराउन विशेष अनुरोध गर्नुभएको छ ।