• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

मस्तिष्कघातबाट नेकपाका नेता बैरागी दाहालको निधन



काठमाडौं । पूर्वसांसद् तथा नेकपाका नेता हरि बैरागी दाहालको ६२ वर्षीको उमेरमा निधन भएको छ । नेता दाहालको मस्तिष्कघातबाट निधन भएको हो । संखुवासभा क्षेत्र नम्बर १ बाट २०५१ सालको आमनिर्वाचनमा सांसद् निर्वाचित दाहाल पछिल्लो समय ऊर्जा क्षेत्रमा काम गरिरहेका थिए ।

दाहाललाई दुई दिनअघि मस्तिस्कघात भएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको निधन हृदयघात र मस्तिकघातका कारण भएको नेकपाका केन्द्रीय सदस्य तथा संखुवासभाका सांसद् राजेन्द्र गौतमले बताए ।

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान १० देखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने नेकपाले जनाएको छ । उनी २०४३ सालको पञ्चायती चुनावमा जनपक्षीय उम्मेदवार बनेका थिए ।