३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

राज्य बलियो बनाउने अभियानमा सामेल हुन मुख्यमन्त्री पोखरेलको आग्रह

राज्य बलियो बनाउने अभियानमा सामेल हुन मुख्यमन्त्री पोखरेलको आग्रह
अ+ अ-

काठमाडौं । मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताउनुभएको छ । उहाँले जनतालाई अधिकार सम्पन्न बनाएको संविधानलाई व्यवहारमा लागू गर्न राज्यलाई नै बलियो बनाउनुपर्ने बताउनुभयो ।

संविधान दिवसका अवसरमा आज बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले राज्य बलियो नभएसम्म जनता बलियो हुन नसक्ने र अधिकार पनि पूर्ण हुन नसक्ने भएकाले राज्य बलियो बनाउने अभियानमा सामेल हुन सबैमा आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले संविधानसभाबाट संविधान जारी भएपछि विकास र समृद्धिको साझा सङ्कल्पसहित मुलुक तीव्र विकासको गतिबाट अगाडि बढेको बताउनुभयो । उहाँले त्यसको उदाहरण मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिबाट नै स्पष्ट नतिजा देखापरेको छ भन्नुुभयो ।

उहाँले दोहोरो अङ्कको विकास लक्ष्य हासिल गर्ने कार्यमा प्रदेश नं ५ लाई अग्रस्थानमा पु¥याउने दृढताका साथ प्रदेश सरकार अगाडि बढेको बताउँदै बजेट कार्यान्वयन, कानून निर्माण, आर्थिक वृद्धिदर कायम गर्ने, राजश्व सङ्कलनलगायतमा समेत प्रदेश अग्रस्थानमा रहेको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार स्थापना भएको दुई वर्षको अवधिमा सङ्घीयताको फाउन्डेशन तयार गरेर महत्वपूर्ण कानून निर्माण गर्न सफल भएको बताउँदै प्रदेश सरकार अब यसैका माध्यमबाट जनताका अधिकार व्यवहारमा लागू गर्ने काममा अघि बढेको बताउनुभयो ।

संविधान दिवसका अवसरमा यसअघि बुटवलको राजमार्ग चौराहाबाट विभिन्न वेषभूषासहितका विभिन्न जातजाति समुदायका परम्परा संस्कृति झल्किने झाँकी र बाजागाजा सहितको ¥याली बुटवल मण्डपमा पुगेर मूल समारोहमा परिणत भएको थियो । झाँँकीमा सहभागिता रहेकामध्ये १० वटा समूहलाई पुरस्कृत भएका छन् । झाँकी समूहमध्ये रुपन्देहीको तिलोत्तमा नेवाः समूह बुटवल–३ प्रथम भई रु ४० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

यस्तै कालिका मानव ज्ञान माध्यमिक विद्यालय बुटवल र पद्यम चैत्य विहार बुटवल–१ द्वितीय स्थान हासिल गर्न सफल भएका छन् । नेवा समाज प्रदेश ५ बुटवल, सैनामैना नगरपालिका रुपन्देहीको सांस्कृतिक समूह र जितगढी सरायँ नाच व्यवस्थापन समितिले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

त्यसैगरी थारु सांस्कृतिक मयुँर नाच मोतिपुर, खेमा तमु ह्युल छोज धी देवदह रुपन्देही, क्षेत्री समाज नेपाल रुपन्देही र राधेश्याम महिला भजन मण्डली बुटवलले सान्त्वना स्थान हासिल गरेका छन् । विजयी झाँकी समूहलाई प्रदेश प्रमुख उमाकान्त झा र मुख्यमन्त्री पोखरेलले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।