• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगलाई जोगाउन सरकार संसदीय मूल्य मान्यता मास्न उद्धत भयो: कांग्रेस ★   रइसीको निधनपछि को बन्ला इरानको नयाँ राष्ट्रपति ? ★   बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन ★   आईपीएल प्लेअफ कहाँ र कुन–कुन टीमबीच हुँदैछ ? यस्तो छ फाइनल सम्मको समीकरण ★   काँग्रेसको अवरोधपछि मंगलवारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित ★   चौंथोपटक विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड – फोटोफिचर ★   हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रइसीसहित नौ जनाको मृत्यु भएको पुष्टि ★   संसद् बैठकपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक ★   को हुन् हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इरानी राष्ट्रपति रइसी जसको निधनले विश्व हल्लाएको छ ★   सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे

राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश



वासिङटन । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा रहेका क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिकाले देश छाड्न आदेश दिएको छ ।

अमेरिकाले अन्य क्युबाली कूटनीतिज्ञको हिँडडुलमा पनि प्र’तिबन्धहरू लगाउँदै राष्ट्रसंघको मुख्यालय रहेको परिसरभित्रै रहनुपर्ने उल्लेख गरेको प्रवक्ता मोर्गन ओर्टागुसले बताउनु भएको छ ।

क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले अमेरिकाको यो कदम अनुचित भएको बताउनु भएको छ । क्युबा यी कूटनीतिज्ञलाई देशनिकाला गर्ने यस कदमबाट तनाव उत्पन्न हुने स्पेनिश भाषामा गरेको ट्वीटमा उहाँले बताउनु भएको हो ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता अमेरिकाले क्युबामाथि दबाव बढाउँदै लगेको छ । अमेरिकाले सेप्टेम्बर २०१७ मा क्युबाबाट आफ्ना अधिकांश कूटनीतिज्ञ फिर्ता बोलाएको छ । ट्रम्पले १५ क्युबाली कूटनीतिज्ञलाई पनि अमेरिकाबाट निकालेका छन् ।

क्युबाली कुटनीतिज्ञलाई देश निकाला गर्ने यो पछिल्लो कदम संयुक्त राष्ट्रसंघको न्युयोर्कमा हुन लागेको ७४ औं महासभाको पूर्वसन्ध्यामा गरिएको छ ।

संयुक्त राष्ट्रसंघले जारी गरेको एक विज्ञप्तिमा यस प्रकारको परिस्थिति जारी रहेको र देश निकाला भएको पुष्टि गर्नु बाहेक यस बिषयमा कुनै टिप्पणी नगर्ने जनाएको छ ।

यस विषयलाई राष्ट्रसंघले नजिकबाट नियालीरेको पनि विज्ञप्तिमा उल्लेख छ ।