१३ श्रावण २०८३, बुधबार
,
Latest
सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका स्वास्थ्य सेवा प्रभावित, माईतीघरमा प्रदर्शन (तस्बिरसहित)



अ+ अ-

काठमाडौँ: वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमणको विरोधमा देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू ठप्प पारिएका छन् ।

चिकित्सकहरूको सुरक्षा र कार्यस्थलमा हुने हिंसाको अन्त्यको माग गर्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् । मङ्गलवारदेखि देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको छ । स्वास्थ्यकर्मीहरूमाथि बारम्बार हुने दुव्र्यवहार र भौतिक आक्रमणका घटना नरोकिएको भन्दै उनीहरूले सेवा नै रोकेर विरोध जनाएका हुन् । यसैबिच, आन्दोलित चिकित्सकहरूले काठमाडौंको माईतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले ‘चिकित्सकमाथि हिंसा बन्द गर’, ‘स्वास्थ्य सेवामाथि आक्रमण अन्त्य गर’, ‘डाक्टर सुरक्षित भए मात्र बिरामी सुरक्षित हुन्छन्’ र ‘डाक्टरको सुरक्षा नै जनताको सुरक्षा हो’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका छन् ।

साथै, प्रदर्शनकारीहरूले ‘रेस्पेक्ट डाक्टर’, ‘रिजेक्ट भायोलेन्स’ र ‘नो मोर ह्यारेसमेण्ट’ लेखिएका प्लेकार्डमार्फत आफ्नो सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन् । नारायणी अस्पतालमा भएको घटनाका दोषीलाई कारबाही र चिकित्सकहरूको कार्यस्थलको सुरक्षाको प्रत्याभुति नभएसम्म आन्दोलन जारी रहने चिकित्सकहरूको भनाइ छ । –न्युज एजेन्सी नेपाल

तस्बिरहरुः अनुप प्रधान–न्युज एजेन्सी नेपाल