१२ श्रावण २०८३, मंगलवार
,
Latest
निर्वाचन प्रक्रियालाई ‘पेपरलेस’ बनाउँदै लैजाने प्रश्तावित आयुक्त डा सुब्बाको कार्ययोजना कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन निर्वाचन प्रणालीमा प्रविधि र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग चिकित्सक र स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान



अ+ अ-

काठमाडाैँ । पशुचौपायामा देखिने विभिन्न रोगविरुद्ध गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा पूर्ण खोप अभियान सञ्चालन गरिएको छ । गाईभैँसीलाई लाग्ने खोरेत, भ्यागुते, चरचरे, बङ्गुरमा देखिने क्लासिकल स्वाइन फिभर, बाख्रामा देखिने पिपिआर र कुकुरलाई लाग्ने रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन भइरहेको हो ।

गत आवमा विभिन्न रोगविरुद्ध १८ लाख ९८ हजार तीन सय ९६ डोज खोप प्रदान गरिएको प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । चालु आवमा प्रदेशका १० वटा स्थानीय तहलाई पशुमा पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने तयारी भइरहेको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माले बताउनुभयो ।

“गाईबस्तुमा खोपको सुनिश्चिततासँगै दिगोपनाका लागि पूर्ण खोपयुक्त पालिका घोषणा गर्न लागिएको हो, यसका लागि कार्यक्रम तथा बजेट तर्जुमा भइसकेको छ”, उहाँले भन्नुभयो, “८० प्रतिशत पशुचौपाया खोपको दायरामा आएमा त्यस्ता पालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्न सकिने व्यवस्था छ ।”

मन्त्रालयका अनुसार हाल प्रदेशका ७५ प्रतिशत पशुपालक किसानको घरगोठमा खोप सेवा पुगेको छ । विभिन्न रोगव्याधिका कारण पशुधनमा हुने क्षति रोक्न खोप अभियान सञ्चालन गरिएको हो । कुनै रोगले प्रकोपको रुपमा लिएमा रणनीतिक हिसाबले खोप अभियान सञ्चालन गरिएको वरिष्ठ पशु विकास अधिकृत डा शर्माले बताउनुभयो । केही वर्षअघि गाईभैँसीमा लम्पी स्किन रोग फैलिएपछि प्रदेशका एक लाख तीन हजार दुई सय ३० गाईभैँसीमा उक्त खोप लगाइएको थियो । रासस




भर्खरै