• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा ★   स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा ★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए

बागेश्वरी मन्दिरको सम्पत्ति सार्वजनिक: ८४ बिगाहा व्यक्तिको नाममा गएको कागज भेटिएन



बाँके। नेपालगन्जमा रहेको बागेश्वरी मन्दिरको ८४ बिगाहा जमिन व्यक्तिको नाममा नामसारी भएको कागजात फेला पार्न सकिएको छैन। बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति, नेपालगन्जले करिब दुई वर्षको अवधिमा मन्दिरको सम्पत्ति खोजबिन गर्दा इन्द्रपुरमा रहेको ८४ बिगाहा १० कठ्ठा १० धुर जग्गा कसरी व्यक्तिको नाममा गयो भन्ने पत्ता लगाउन नसकेको हो।

समितिले शनिबार पत्रकार सम्मेलन गरेर मन्दिरको सम्पत्ति सार्वजनिक गर्दा ८४ बिगाहा जमिन कानुनतः हो कि अवैधानिकरूपमा व्यक्तिको नाममा नामसारी भएको हो भन्ने पत्ता लगाउन नसकेको जनाएको छ। २०२७ पुस १३, २०२८ कात्तिक १४ र २०५७ असोज १७ गतेको निर्णयअनुसार बागेश्वरीको नाम कठ्ठा भई रैतान नम्बरी कायम गरी इन्द्रपुरको ८४ बिगाहा जमिन करिब ३ सय जनाको नाममा नामसारी भएको छ।

त्यति बेलाका निर्णयहरू प्राप्त हुन सकेको छैन। सम्पत्ति खोजबिन उपसमितिकी संयोजक एवं नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले मन्दिरको नाममा रहेको ८४ बिगाहा जमिन कसरी व्यक्तिको नाममा गयो रु कानुनतः गएको हो कि अवैधानिकरूपमा गएको हो खोजबिन गरिरहेका छौं भने । उनले यी जग्गा रैकर कायम गरेर नामसारी भएको देखिएको जानकारी दिँदै रैकरसम्बन्धी व्यवस्था २०४०/०४१ सालमा भएकाले २०२७/०२८ सालमा कसरी त्यो व्यवस्थाअनुसार काम भयो ? अन्योल बनाएको बताए ।

बागेश्वरीको यो जग्गाको विषयमा सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण जाँचबुझ आयोगको टोलीले पनि छानबिन गरिरहेको छ। टोलीका सदस्यहरू नेपालगन्ज आएर विभिन्न व्यक्तित्वलाई भेटेर फर्किसकेका छन्। नेपालगन्जमा गठन भएको मन्दिरको सम्पत्ति खोजबिन उपसमितिले काठमाडौंको गुठी जग्गा संरक्षण जाँचबुझ आयोगको टोलीसँग मिलेर जग्गा खोजबिनको काम गरिरहेको संयोजक थापाले बताए ।

२०२७, २०२८ र २०५७ सालको शुरुआती निर्णयअनुसार ६३ जनाको नाममा जग्गा गएको छ। २०५७ सालमा करिव १५ बिगाहा जमिन महन्तको नाममा आएको छ। फेरि–फेरिको निर्णयअनुसार ८४ बिगाहा जमिन करिब ३ सय जनाको नाममा पुगेको छ। महन्तको नाममा अहिले जग्गा नदेखिएको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका कानुनी सल्लाहकार लोकबहादुर शाहले जानकारी दिए ।

योबाहेक मन्दिरसँग खजुराखुर्दमा ३ बिगाहा १६ कठ्ठा, मन्दिर परिसरमा १ बिगाहा १८ कठ्ठा, परसपुरमा ३ कठ्ठा १ धुर जग्गा रहेको छ। गुठी व्यवस्थापन समितिका अनुसार, २०७६ असारसम्ममा २१ लाख १० हजार १ सय ६५ रुपियाँ बैंक खातामा रहेको छ। त्योबाहेक १२ लाख रुपियाँ फिक्स डिपोजिट रहेको छ।

समिति आउनुअघि १६ लाख ३८ हजार ७ सय ९६ रुपियाँ खातामा थियो भने १७ लाख ८ हजार १ सय २३ रुपियाँ विद्युत् महसुल बुझाउन बाँकी थियो। मन्दिरमा रहेको दुईवटा तिजौरीमा ‘गहना र पैसा’ रहेको हल्लाका बीच मालपोत कार्यालयमा लगेर २०७४ फागुन ३० गते खोल्दा २० किलो ३ सय ४ ग्राम चाँदी र २ तोला जति सुनका गहना फेला परेका थिए। त्यो नेपाल बैंक लिमिटेडको लकरमा राखिएको छ।

नयाँ समिति आइसकेपछि मन्दिरमा सुनको आखिया, नथुनी २र२ थान, तार र बिन्दिया एक÷एक थान, तिलहरी चार थान प्राप्त भएको छ।त्यस्तै, चाँदीका छत्तर ६ थान, आखिया २ थान र पाउदान, बेलपत्र, सिंहासन, लक्ष्मीको मूर्ति, गणेशको मूर्ति र चाँदीको बिन्दिया एकरएक थान जम्मा भएका छन्। समाचार नेपाल समाचारपत्र दैनिकबाट