काठमाडौं । दसैंका लागि अग्रिम बस टिकट बुकिङ आजदेखि खुल्ला गरेको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।
नयाँ बसपार्कमा अग्रिम टिकटको लागि बिहान ६ बजेदेखिनै यात्रुहरूको भीड लागेको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले प्रचलित भाडाअनुसार नै टिकट बुकिङ गर्न सकिने बताए।
यात्रुको सहजताको लागि उपत्यको १४ ठाँउमा नागरिक सहायता कक्ष राखिएको छ ।
नयाँ बसपार्क अग्रिम टिक काट्ने मानीसहरु