२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटना : २६ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पाकिस्तानको उत्तरपूर्वी क्षेत्रमा रहेको चिलास जिल्लामा ब्रेक फेल भएर बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ।

आइतबार बिहान स्करदुदेखि रावलपिण्डी जाँदै गरेको बस ब्रेक फेल भएर पहाडमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटना दुर्गम क्षेत्रमा भएको हुँदा उद्दार कार्य गर्न समस्या आइरहेको प्रवक्ता फैजुल्ला फिराकले बताए। उद्दार गर्न हेलिकप्टर पठाएको द डनले जनाएको छ।

घाइतेको उपचारका लागि चिलासका जिल्ला अस्पताल र डिएचक्यू अस्पतालमा पठाइएको छ।

यसअघि गत महिना पनि तीव्र गतिका कारण पाकिस्तानको उत्तर पश्चिम क्षेत्रका खोलामा खस्दा २४ जनाको ज्यान गएको थियो।