• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर

उपनिर्वाचनबारे बामदेबले भने : ‘म फेरि पराजित हुन चाहान्न’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमले मंसीर १४ गते हुने उपनिर्वाचनमा स्व.रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा उम्मेदवार नहुने घोषणा गरेका छन्। शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा सो कुरा बताएका हुन् ।

‘मेरा समस्त शुभचिन्तक महानुभावलाई जानकारीका लागि आज बसेको पार्टीको सचिवालय बैठकमा मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु,’ गौतमले भनेका छन्।

गौतम बर्दिया १ बाट २०७४ सालको संघीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए। बर्दियाभन्दा कम मतान्तर रहेको कास्कीमा आफू फेरि पराजित हुने अवस्था आउने भन्दै उनले कास्कीमा निर्वाचन उठ्न अनुरोध गर्ने अध्यक्षद्वयलाई धन्यबाद पनि दिएका छन्।

‘यसअघि २०७४ मा प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ। उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो। तर, म पराजित हुनुपर्यो,’ उनले भनेका छन्, ‘त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो। तर मलाई विश्वास छ मभन्दा अरुकोही स्थानीय कमरेड उठनु हुँदा सहजै विजय प्राप्त गर्न सक्नु हुनेछ।’

उनले कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय नेता उम्मेदवारीका निम्ति पहिलो हकदार हुने पनि बताएका छन्।

‘कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु,’ उनले भनेका छन्।