• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगलाई जोगाउन सरकार संसदीय मूल्य मान्यता मास्न उद्धत भयो: कांग्रेस ★   रइसीको निधनपछि को बन्ला इरानको नयाँ राष्ट्रपति ? ★   बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन ★   आईपीएल प्लेअफ कहाँ र कुन–कुन टीमबीच हुँदैछ ? यस्तो छ फाइनल सम्मको समीकरण ★   काँग्रेसको अवरोधपछि मंगलवारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित ★   चौंथोपटक विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड – फोटोफिचर ★   हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रइसीसहित नौ जनाको मृत्यु भएको पुष्टि ★   संसद् बैठकपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक ★   को हुन् हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इरानी राष्ट्रपति रइसी जसको निधनले विश्व हल्लाएको छ ★   सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे

साउदीका राजकुमारले इमरान खानलाई दिए अमेरिका जान आफ्नो प्राइभेट प्लेन



काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन प्राइभेट प्लेनमा अमेरिका उडेका छन्।

तर उनी चढेको जहाज उनको प्राइभेट होइन न त कुनै पाकिस्तानी नागरिकको।

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले कमर्सियल फ्लाइटमा अमेरिका जान लागेका इमरानलाई आफ्नो प्लेन दिएका हुन्।

यसअघि इमरानले दुई दिन साउदी अरबको भ्रमण गरेका थिए।

साउदीबाट अमेरिका जान लाग्दा राजकुमार सलमानले आफ्ना पाहुनालाई कमर्सियल फ्लाइटमा नपठाउने भन्दै प्लेनको व्यवस्था गरेका हुन्।

राजकुमारले उपलब्ध गराएको जहाजमा प्रधानमन्त्री इमरानसँगै पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेसीलगायत राष्ट्र संघमा जाने टोली छ।

इमरानले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने कार्यक्रम छ।

यसअघि गत साउनमा इमरान खान तीन दिने भ्रमणका लागि अमेरिका गएका थिए।

प्रधानमन्त्री बनेपछि पहिलो पटक अमेरिका गएका इमरानले भ्रमणका लागि कमर्सियल फ्लाइट प्रयोग गरेका थिए।

उनी कतार एयरवेजको नियमित उडानबाट कतारको दोहा हुँदै अमेरिका गएका हुन्। दोहामा उनलाई कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अक्बर अल्बाकरले स्वागत गरेका थिए।

आर्थिक संकटसँग जुधिरहेको देशलाई भार कम गर्न भन्दै प्रधानमन्त्री खान चार्टर्ड विमानको साटो कमर्सियल फ्लाइटमा अमेरिका गएका हुन्।

वाससिङटनमा पनि उनी पाँचतारे होटलमा नभई राजदूत निवासमा बसेका थिए।

अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यकारी बोर्डले ओह्रालो लागिरहेको पाकिस्तानी अर्थतन्त्रलाई बलियो बनाउन ६ अर्ब अमेरिकी डलर सहयोग असारमा स्वीकृत गरेको थियो। कोषले उक्त सहायताका लागि सरकारले कडा आर्थिक अनुशासन पालन गर्नुपर्ने सर्त राखेको छ।

गत वर्ष प्रधानमन्त्री बनेका खानले सुरूदेखि आर्थिक खर्च कम गर्न विभिन्न प्रयायहरू गरिरहेका छन्।

उनी प्रधानमन्त्रीको सरकारी निवासमा बसेका छैनन् भने निवासका गाडी पनि लिलामी गरिदिएका छन्।

खानका तमाम प्रयत्नका बाबजुद् पनि पाकिस्तानी अर्थतन्त्रले गति लिन सकेको छैन।