४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

साउदीका राजकुमारले इमरान खानलाई दिए अमेरिका जान आफ्नो प्राइभेट प्लेन

साउदीका राजकुमारले इमरान खानलाई दिए अमेरिका जान आफ्नो प्राइभेट प्लेन
अ+ अ-

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन प्राइभेट प्लेनमा अमेरिका उडेका छन्।

तर उनी चढेको जहाज उनको प्राइभेट होइन न त कुनै पाकिस्तानी नागरिकको।

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले कमर्सियल फ्लाइटमा अमेरिका जान लागेका इमरानलाई आफ्नो प्लेन दिएका हुन्।

यसअघि इमरानले दुई दिन साउदी अरबको भ्रमण गरेका थिए।

साउदीबाट अमेरिका जान लाग्दा राजकुमार सलमानले आफ्ना पाहुनालाई कमर्सियल फ्लाइटमा नपठाउने भन्दै प्लेनको व्यवस्था गरेका हुन्।

राजकुमारले उपलब्ध गराएको जहाजमा प्रधानमन्त्री इमरानसँगै पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेसीलगायत राष्ट्र संघमा जाने टोली छ।

इमरानले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने कार्यक्रम छ।

यसअघि गत साउनमा इमरान खान तीन दिने भ्रमणका लागि अमेरिका गएका थिए।

प्रधानमन्त्री बनेपछि पहिलो पटक अमेरिका गएका इमरानले भ्रमणका लागि कमर्सियल फ्लाइट प्रयोग गरेका थिए।

उनी कतार एयरवेजको नियमित उडानबाट कतारको दोहा हुँदै अमेरिका गएका हुन्। दोहामा उनलाई कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अक्बर अल्बाकरले स्वागत गरेका थिए।

आर्थिक संकटसँग जुधिरहेको देशलाई भार कम गर्न भन्दै प्रधानमन्त्री खान चार्टर्ड विमानको साटो कमर्सियल फ्लाइटमा अमेरिका गएका हुन्।

वाससिङटनमा पनि उनी पाँचतारे होटलमा नभई राजदूत निवासमा बसेका थिए।

अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यकारी बोर्डले ओह्रालो लागिरहेको पाकिस्तानी अर्थतन्त्रलाई बलियो बनाउन ६ अर्ब अमेरिकी डलर सहयोग असारमा स्वीकृत गरेको थियो। कोषले उक्त सहायताका लागि सरकारले कडा आर्थिक अनुशासन पालन गर्नुपर्ने सर्त राखेको छ।

गत वर्ष प्रधानमन्त्री बनेका खानले सुरूदेखि आर्थिक खर्च कम गर्न विभिन्न प्रयायहरू गरिरहेका छन्।

उनी प्रधानमन्त्रीको सरकारी निवासमा बसेका छैनन् भने निवासका गाडी पनि लिलामी गरिदिएका छन्।

खानका तमाम प्रयत्नका बाबजुद् पनि पाकिस्तानी अर्थतन्त्रले गति लिन सकेको छैन।