• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर

नेकपाले गर्यो यस्तो निर्णय, जनता गरे हाईहाई



कपिलवस्तु । नेकपा कपिलवस्तुले मध्यस्थता गरी पार्टीका जिल्ला नेता विश्व कार्कीका कारण आर्थिकरुपमा पीडितलाई न्याय दिलाएको छ । पीडितले एकमुष्ट आफूले पाउनुपर्ने रु ३८ लाख पाएका हुन् । न्याय पाउनेमा गुल्मी मालिकाका ताराबहादुर थापा, बाग्लुङ बडीगाउँका पूर्णबहादुर विकसहित १२ जना छन् ।

रोजगारी पाउने आशामा एमालेका जिल्ला नेता कार्कीलाई पीडितले जनही रु दुई लाख ६० हजारदेखि रु चार लाख ५० हजारसम्म उनीहरूले बुझाएका थिए । पीडितले कार्कीलाई जम्मा रु ४५ लाख बुझाए काम नभएको र रकम पनि फिर्ता नभएको भन्दै नेकपा कपिलवस्तु पार्टी कार्यालयमा न्यायका लागि निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा आर्थिक विवादमा परेका कार्कीलाई बाणगङ्गा नगरकमिटीको अध्यक्षबाट छ महीनाका लागि निलम्वन गरेको थियो । निदेवनपछि सम्पर्कविहीन कार्की पार्टीको सम्पर्कमा आएर पीडितको रकम चुक्ता गर्ने प्रतिबद्धता जनाएकाले उहाँकै निवासमा पीडितलाई बोलाइ जिल्ला पार्टी कार्यालयले उनीहरुको रु ३८ लाख फिर्ता गराएको पार्टी अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिनुभयो । दुवै पक्षलाई राखेर छलफल गर्दा रु ३८ लाख कार्कीले लिएको र बाँकी रु सात लाख रकम पीडितबाट कार्कीलाई सम्पर्क गराउने मध्यस्तकर्ताले लिएको तथ्य खुलेको थियो । पार्टी अध्यक्ष पोख्रेलका सामु कार्की परिवारले पीडितबाट विश्वले लिएको रकम फिर्ता गरेका थिए ।

कार्कीले लिएको सम्पूर्ण रकम फिर्ता गर्दै आफूले पीडितलाई ठग्न नखोजेको तर सम्पूर्ण सम्पत्ति बैंक धितोमा रोक्का रहेकाले बेचबिखन गरी समयमै कारोवार मिलान गर्न चुकेको भन्दै पीडित र पार्टी नेतासमक्ष आत्मालोचना गरेका थिए ।