• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

सरकार सहि गतिमा अगाडि बढिरहेको छ: मन्त्री अर्याल



भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अहिले सरकार सहि गतिमा अगाडि बढिरहेको बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घ लिले भक्तपुरमा आइतबार आयोजना गरेको प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयक दुई दिने प्रादेशिक गोष्ठीमा उनले अहिले निरासा बढाउने कोसिस गरिए पनि निरासा हुनुपर्ने अवस्था नभएको बताएका हुन् ।

नेपाली जनताले लामो सङ्घर्षले प्राप्त गरेको गणतन्त्र सबैले कुशलतापूर्वक काम गरेर जनताको मन जित्न सकियो भने सफल हुन्छ भन्दै मन्त्री अर्यालले राम्रो ढङ्गले काम गर्न र जनताको मन जित्न नसकेमा गणतन्त्र पनि जोगाउन कठिन हुने धारणा राखे । अहिले पनि आक्रमण गर्ने, अविश्वास खडा गर्ने, व्यवस्थामाथि प्रश्न उठाउने गरी चलखेल शुरू भइरहेको भन्दै यी कुरालाई चिर्दै जनप्रतिनिधि सचेत हुँदै सुक्ष्म र सिर्जनशील ढङ्गले जनताको घरदैलोमा लाभान्वित हुने खालको काम गर्न मन्त्री अर्यालले स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे ।

अब विकासका निम्ति हिजोका नमिलेका पुराना कानूनलाई संशोधन गर्दै जानुपर्ने भन्दै जनताले अनुभूत गर्ने सरकार भनेको स्थानीय तह भएको भन्दै सचेत भएर काम गर्न उनले स्थानीय पालिकालाई आग्रह गरे ।

मन्त्री अर्यालले खासगरी योगना बाँडफाँटका क्रममा हुने गरेका बेथितिलाई रोक्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सहीरूपमा जनताको काममा योजना लगाउनेलाई काम दिन आग्रह गरे ।