काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्याङ क्षेत्रमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
थाहा नगरपालिका-१० निवासी ४१ वर्षीय आश्मान गोपाली आज बिहान मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश बर्तौलाले जानकारी दिनुभयो ।
मृतक नजिकैको होटेलमा बसेको भन्ने प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको जानकारी दिँदै उहाँले घटनाबारे अनुसन्धान जारी रहेको बताउनुभयो ।











