• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा ★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ

नागढुंगा–सिस्नेखोला सुरुङ : ४२ महिनाभित्रमै निर्माण गर्ने सम्झौता



काठमाडौं । ४ दशमलव ५१ किलोमिटर लामो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ । ४२ महिनामा काम सक्ने गरी जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले सुरुङमार्गको ठेक्का लिएको छ । सडक विभागअन्तर्गतको अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख अर्जुनजंग थापा र कम्पनीका प्रतिनिधिबीच सोमबार सम्झौतामा हस्ताक्षर भएको हो ।

सडक विभागका अनुसार सुरुङमार्ग
निर्माणका लागि चीन, भारत, टर्की, कोरिया, जापान र नेपालका ३९ कम्पनी टेन्डर प्रतिस्पर्धामा थिए । सवा १३ अर्ब रुपैयाँमै सुरुङमार्ग निर्माण गर्न सहमत भएपछि हाज्मा आन्दो कर्पोरेसनले निर्माणको जिम्मा पाएको थियो । सडक विभाग वैदेशिक महाशाखाका प्रमुख थापाले सहभागीमध्ये हाज्माको ठेक्का रकम कम भएको जानकारी दिए ।

तोकिएको समयभन्दा झन्डै दुई वर्ष ढिलो गरी भएको ठेक्का सम्झौताअनुसार अब आयोजना सन् २०२३ मा मात्र सम्पन्न हुनेछ । सन् २०१६ मा जापानसँग सहुलियत दरमा ऋण सम्झौता हुँदा २०१८ मध्यदेखि नै आयोजना निर्माण थालेर २०२१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, खरिद सम्झौता प्रक्रिया, जग्गा प्राप्तिजस्ता कारणले सम्झौतामा ढिलाइ भएको हो ।

कम्पनीले तिहारलगत्तै काम थाल्ने जानकारी दिएको छ । हाज्मा आन्दोका महाप्रबन्धक सिओसी हिरोसेले तोकिएकै समयमा काम सम्पन्न गर्ने बताए । ‘कम्पनीले यसअघि कोटेश्वर–सूर्यविनायक सडक र बिपी राजमार्ग निर्माण गरिसकेको छ । यो पनि समयमा काम सक्नेमा विश्वस्त छौँ,’ महाशाखा प्रमुख थापाले भने ।

सुरुङमार्ग निर्माणका लागि जापानी सहयोग नियोग जाइकाले नेपाललाई १६ अर्ब रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउनेछ । सरकारले १० वर्षसम्म यसको ब्याज तिर्नुपर्दैन । त्यसपछि भने .०१ प्रतिशतका दरले प्रतिवर्ष ब्याज भुक्तानी गर्नुपर्नेछ । ३० वर्षभित्र ऋण चुक्ता गरिसक्नुपर्ने सम्झौता छ । मुआब्जाका लागि आवश्यक रकम भने सरकारले आन्तरिक स्रोतबाट जुटाउनेछ ।

काठमाडौंको बलम्बुबाट सुरु हुने सुरुङमार्ग धादिङको सिस्नेखोलामा पुगेर टुंगिनेछ । आसपास पर्ने जग्गाको मुआब्जा वितरण सुरु भइसकेको छ । महाशाखाले काठमाडौंमा मुआब्जा वितरणका लागि दुई सय ८० घरपरिवार निर्धारण गरेको छ । त्यसमध्ये दुई सय ५० ले मुआब्जाका लागि निवेदन दिएका थिए । प्रतिआना नौदेखि ४२ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरिएको छ ।

तीन लेनको सुरुङमार्गको कुल लम्बाइ २.६८८ किमि छ । त्यसबाहेक २.४५ किमी भने सडकको भाग हुनेछ । सुरुङ र सडकको कुल लम्बाइ ४.५१ किलोमिटर रहनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन् । बाहिरिने सवारीसाधन एक लेनबाट जानेछन् । नयाँ पत्रिका दैनिकबाट