२५ असार २०८३, बिहीबार
,
Latest
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छः वर्षमान पुन सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवको शिष्टाचार भेट लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित संविधानको मर्ममाथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट अलग हुन… मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकारको उदासीनताप्रति सांसद केसीको आपत्ति सरकारलाई नेकपा सांसद हमालको प्रश्नः सुशासन सत्तापक्षलाई लाग्दैन ? साउन १ गतेदेखि नै विकास आयोजनाको टेण्डर आह्वान गर्न सांसद गजुरेलको माग उजुरीकर्ता र प्रश्तावित व्यक्तिसँगको छलफल एउटै दिन गरौँः रास्वपा सांसद बुर्लाकोटी सत्तारुढ रास्वपा सांसदले भनिन्ः किसानको आँशुको व्यापार नगर्नूस् १२ वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक नियुक्ति खुला प्रतिष्पर्धाबाट छनोट गर्नुपर्ने थियो, तर पुरानै अभ्यासलाई निरन्तरता दिइयोः पद्मा अर्याल



अ+ अ-

काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्या अर्यालले निर्वाचन आयोगलगायत संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाको व्यवस्था गर्नुपर्ने बताएकी छन्।

बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी छलफलका क्रममा उनले निर्वाचन आयोग तटस्थ रहेर राजनीतिक प्रकृतिका काम गर्ने संस्था भएकाले नियुक्ति प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र विश्वासिलो हुनुपर्ने धारणा राखिन्।

अर्यालले वर्तमान सरकारले पनि विगतकै नियुक्ति अभ्यासलाई निरन्तरता दिएको उल्लेख गर्दै अब त्यसमा सुधार आवश्यक रहेको बताइन्। उनले सुनुवाइ प्रक्रियालाई हतारमा टुंग्याउनुको सट्टा सबै पक्षसँग पर्याप्त छलफल गरी सहमतिका आधारमा अघि बढाउनुपर्नेमा जोड दिइन्।

उनले योग्य व्यक्तिहरू प्रतिस्पर्धामार्फत छनोट हुने वातावरण बनाउनुपर्ने भन्दै संसदीय सुनुवाइलाई केवल औपचारिक प्रक्रियामा सीमित गर्न नहुने धारणा व्यक्त गरिन्।

अर्यालले संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिलाई समितिले औपचारिक रूपमा अनुमोदन गर्ने मात्रै अभ्यास उचित नभएको उल्लेख गर्दै सुनुवाइ समितिले आफ्नो संवैधानिक भूमिकालाई प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताइन्।