३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

नेपालमा पहिलो पर्यटक भित्र्याउने ट्राभल कम्पनी आखिर किन भयो बन्द ?

नेपालमा पहिलो पर्यटक भित्र्याउने ट्राभल कम्पनी आखिर किन भयो बन्द ?
अ+ अ-

काठमाडौं । नेपालमा पहिलो पर्यटक भित्र्याउने ट्राभल एजेन्सी टमस कुक बन्द भएको छ। बेलायतको विश्वविख्यात ट्राभल एजेन्सी कम्पनी टमस कुक बन्द हुँदा घुमफिरमा गएका १ लाख ५० हजार पर्यटक विदेशमा अलपत्र परेका छन्। सन् १९५५ मा रसियाली बोरिस लिसानेभिच पर्यटक भिसामा नेपाल आउने पहिलो विदेशी हुन्।

बोरिसलाई तत्कालीन राजा महेन्द्रले थोमस कुकमार्फत नेपाल बोलाएका थिए। बोरिसलाई नेपालमा होटल तथा हस्पिटालिटीका ‘पायोनियर’ मानिन्छ। उनले काठमाडौंमा खोलेको होटल रोयल अन्तर्राष्ट्रिय स्तरको पहिलो होटल हो। टमस कुकले कलकत्ताबाट नेपाल पठाएको पर्यटकको पहिलो समूहमा २० जना रहेको र अधिकांश महिला रहेको पनि उल्लेख पाइन्छ।

२० मध्ये १० अमेरिकी र २ जना ब्राजिली पर्यटक थिए। १७८ वर्ष पुरानो कम्पनीले अन्तिम समयसम्म पनि बेलायत सरकारसँग जोगाउन आर्थिक सहायता मागेको बीबीसी, द गार्जियन र रोयटर्स लगायत सञ्चारमाध्यमले जनाएका छन्। बेलायतको सिभिल एभिएसन अथारिटी ९सिएए०ले तत्काल प्रभावी हुने गरी टमस कुकले कारोबार बन्द गरेको उल्लेख गरेको छ।

लिसेस्टरसायरका क्याबिनेट निर्माण गर्ने टमस कुकले सन् १९४१ मा ट्राभल कम्पनी टमस कुक एन्ड सन्स स्थापना गरेका थिए। बेलायतको मात्र नभएर यो विश्वकै पुरानो ट्राभल एजेन्सी मानिन्छ। विदेशमा अलपत्र बेलायती पर्यटकलाई ल्याउन सिएएले ४० हवाईजहाज चार्टर गरेको बताएको छ। बीबीसीले भने आज साँझसम्ममा विदेशमा अलपत्र कम्तीमा पनि १४ हजार बेलायतीलाई ल्याइसक्ने अनुमान गरेको छ।

टमस कुकले पनि आफ्नो समूह अन्तर्गत सञ्चालित टमस कुक एयरलाइन्ससहित सबै कम्पनीहरुको कारोबार बन्द भएको एक विज्ञप्ति जारी गर्दै पुष्टि गरेको छ। टमस कुकले विज्ञप्तिमा क्षमायाचना गर्दै आफूमार्फत विदेश घुम्न गएका सबैको यात्रा, बसोबास तथा घुमघामका सबै प्याकेज रद्द भएको र आफ्ना सबै कार्यालयहरु बन्द भएको जनाएको छ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो कम्पनी बचाउन टमस कुकले सरकारसँग १८ करोड ७१ लाख अमेरिकी डलर (१५ करोड बेलायती पाउन्ड) आर्थिक सहायता मागेको बताए। संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कतर्फ उड्नुअघि उनले टमस कुकको सहायताको माग सरकारले अस्विकार गरेको बताउँदै सरकारले विदेशमा अलपत्र बेलायती पर्यटकलाई स्वदेश ल्याइने जानकारी दिए।

टमस कुकबाट विदेश घुमफिर बुकिङ गरी गएका बेलायती पर्यटकलाई स्वदेश ल्याउन बेलायत सरकार र सिएएले सहकार्य थालेका छन्। विदेशमा अलपत्र बेलायतीलाई सेप्टेम्बर २३ देखि ६ अक्टोबरसम्ममा स्वदेश ल्याइने भएको छ। टमस कुकका प्रमुख कार्यकारी अधिकृत पिटर हान्कुजियरले कम्पनी बन्द भएकोमा आफ्ना लाखौं ग्राहक र कर्मचारीसँग माफी मागेका छन्। बेलायतका ९ हजार कर्मचारीसहित विश्वभरि टमस कुकका २२ हजार कर्मचारी छन्।

टमस कुकले विश्वका १६ देशमा करिब १ करोड ९० लाख पर्यटकका लागि अनेकौं होटल, रिसोर्ट र वायुसेवा सञ्चालन गर्दै आएको थियो। यतिबेला टमस कुकमार्फत घुमफिर र बिदा मनाउन करिब ६ लाख पर्यटक विश्वका विभिन्न ठाउँमा गएका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। सन् १९५५ मा रसियाली बोरिस लिसानेभिच सन् १९५५ मा पर्यटक भिसामा नेपाल आउने पहिलो विदेशी हुन्। बोरिसलाई तत्कालीन राजा महेन्द्रले थोमस कुकमार्फत नेपाल बोलाएको मानिन्छ। अन्नपुर्णपोष्ट दैनिकबाट