६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारी पत्रमा हस्ताक्षर



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नागपोखरीस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेका हुन्।

यसअघि एमाले र माओवादीबीच छुट्टाछुट्टै रुपमा चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध रहँदै आएको थियो। हस्ताक्षरपछि नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच औपचारिक सम्बन्धको सुरुवात भएको छ।

समझदारीपत्रमा हस्ताक्षरपछि दुई पार्टीबीच भाइचारा सम्बन्ध कायम हुने उल्लेख छ।